Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्देको छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

म्याग्देको छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

इच्छाकामना न्युज

१७, पौष २०७९
म्याग्देको छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन
images

तनहुँ । छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाको वडा नं ४ मा रहेको कोलडाँडामा स्वास्थ्य ईकाईको स्थापना गरिएको हो । म्याग्दे गाँउपालिकाका अध्यक्ष दीपक कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्वास्थ्य ईकाईको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, कार्यपालिका सदस्य वद्रिका घिमिरे, जिल्ला समन्वय समितीका सदस्य डोल वहादुर सुनार लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

images
images

322760794_6167266089972078_6319504879067002646_n.jpg

म्याग्दे ४ मा रहेको जन्मभूमि र चण्डीदेवी आमा समुहद्धारा निर्मित भवन छाङ्ग सामुदायिक स्वास्थ्य ईकाईलाई हस्तान्तरण गरिएको हो । चण्डीदेवी आमा समुहको अध्यक्ष शान्तिमाया थापाले यस भेगमा स्वास्थ्य सेवाका लागी आम जनतालाई सहज होस भनि भवन नै स्वास्थ्य ईकाईलाई दिईएको वताए । स्वास्थ्य ईकाईवाट ओपीडी सेवा, गर्भवती जाँच, प्रसुती जाँच, औषधी वितरण, समान्य घाउ चिरफार हुने आधारभुत अस्पता थर्पुका प्रमुख सुर्य कुमार श्रेष्ठले वताए । 

322517149_558327035872418_2267816156284900341_n.jpg

कार्यक्रममको उद्घाटन गर्ने प्रमुख अतिथी श्रेष्ठले स्वास्थ्य ईकाईको स्थापनाले यस भेगका वासिन्दालाई ठुलो राहत पुग्ने वताए । डडुवा, कोलडाँडा, पाण्डेथोक, पीपलथोक घना वस्ती भएको हुदाँ यस स्वास्थ्य चौकीले आम जनताको स्वास्थ्यमा धेरै राहत हुने वताए । पालिकाले ३७ प्रकारको औषधी निशुल्क दिन्छ, तर हामी सरकारी अस्पताको विश्वास नगरि निजि मेडिकलमा गएर उपचार गर्दछौ, जसले गर्दा ठुलो आर्थिक भार परेको छ । पालिका जनताको स्वास्थ्यमा संवेदनशी हुने तर जनताले विश्वास नगर्दा दुख लागेको अध्यक्ष श्रेष्ठले वताए । स्वास्थ्य जस्तो विषयमा हामी सवै सचेत हुनुपर्ने हुदाँ त्यसका लागी स्थानिय उत्पादित वस्तको प्रयोग र उत्पादनमा जोड दिनुपर्ने वताए । 

त्यसैगरि विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले सरकारले जनताको स्वास्थ्यमा धेरै लगानी गरेको तर जनताले त्यसलाई वेवास्ता गरेको वताए । पहिलो वर्ष पालिका भर जम्मा १५ जना स्वास्थ्कर्मी थियो । हामी पालिकाले जनताको आवश्यकतालाई मध्यनजर गरेर हरेक वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर ३३ जना स्वास्थ्कर्मी राखेका छौ, त्यो जनताप्रतिको पालिकाको उत्तरदायित्व भएको वताए । 

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - २१:४२:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology