आँबुखैरेनी । नेपाल शिक्षक संघ आँबुखैरेनी इकाई समिति अध्यक्षमा पृथ्वी बहादुर गुरुङ चयन भएको छ । संघ शनिबार सम्पन्न तेस्रो अधिवेशनले अध्यक्षमा गुरुङलाई सर्वसम्मत चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा सरिता कँडेल र लक्ष्मण गुरुङ, सचिवमा नवराज मिश्र, अर्थ सचिवमा सुभाष मिश्र, सहसचिवमा खिनमाया थापा, निरञ्जन पराजुली (अर्थ) वीर माया गुरुङ (महिला), गौरी माया प्रधान (समावेशी) चयन भएका छन् ।

यस्तै सदस्यहरुमा जानकी ज्ञावली, भिम माया गुरुङ, रिता बानिया, लम्मण रायमाझी, लाल कुमारी गुरूङ र राम प्रसाद लामिछाने चयन भएका छन् ।
साथै नवगठित कार्यसमितिको पहिलो बैठकले सप्तिका अधिकारी, महेन्द्र अधिकारी, कुमारी सुनिता थापा, बबिता घिमिरे, होम बहादुर मगर, लोक बहादुर गुरुङ र राजेश सुनामलाई सदस्यमा मनोनित गरेको छ ।