Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

अर्थ/कृषि

चितवनका तीन कृषक नगदसहित पुरस्कृत

चितवनका तीन कृषक नगदसहित पुरस्कृत

इच्छाकामना न्युज

१७, पौष २०७९
चितवनका तीन कृषक नगदसहित पुरस्कृत

चितवन । चितवनका तीन जना किसानलाई कृषि ज्ञान केन्द्र चितवनले आइतबार नगदसहित पुरस्कृत गरेको छ। भरतपुर–१७ का विष्णुबहादुर विश्वकर्मा, माडी–६ का सरोज साह तेली र रत्ननगर–१२ का विष्णुहरि पन्तलाई नगद दश हजार रूपैयाँसहित ‘राष्ट्रिपति उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको हो। विश्वकर्मा च्याउखेतीतर्फ, तेली पशुपंक्षी पालनतर्फ र पन्त केराखेतीतर्फबाट पुरस्कृत भएका हुन्।  

images

बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका कृषि सचिव शरणकुमार पाण्डे, बागमती प्रदेशकै कृषि विकास निर्देशनालयका निमित्त कार्यकारी प्रमुख भरतप्रसाद विडारी, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीलगायतको उपस्थितिमा पुरस्कृत गरिएको हो। 

कृषि ज्ञान केन्द्र चितवनकी वागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार कृषि ज्ञान केन्द्र चितवनले कृषि क्षेत्रमा उर्जा प्रदान गराउने उद्देश्यसहित आर्थिक वर्ष २०७०/७१ देखि पुरस्कार प्रदान गर्दै आएको छ। यसले हरेक वर्ष किसानलाई हौसला मिलेको उनले बताइन्। 

ज्ञान केन्द्रले जारी गरेको सूचनाको आधारमा ४६ वटा आवेदन परेकोमा तीन जना उत्कृष्ट किसान छनौटमा परेको उनले बताइन्। निवेदन परेका किसानको फार्ममा पुगेर स्थलगत अध्ययनबाट भएको मूल्यांकनको आधारमा पुरस्कृत गरिएको पुरस्कार छनौट समितिकी सदस्य अन्तिम सिंजालीमगरले बताइन्। 

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - २०:५१:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology