Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

यज्ञप्रसाद न्यौपानेको कविता 'असहमतिको दस्तावेज'ले पायो ४० हजार राशिको पुरस्कार

यज्ञप्रसाद न्यौपानेको कविता 'असहमतिको दस्तावेज'ले पायो ४० हजार राशिको पुरस्कार

इच्छाकामना न्युज

१६, पौष २०७९
यज्ञप्रसाद न्यौपानेको कविता 'असहमतिको दस्तावेज'ले पायो ४० हजार राशिको पुरस्कार
images

चितवन । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले ८७औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको कविता 'असहमतिको दस्तावेज' सर्वोत्कृष्ट ठहरिएको छ। देशका ४० जिल्लाबाट ११५ जना कविहरुमध्येबाट छनौटमा परेका १५ जनामध्येमा पनि कवि न्यौपानेको कविताले सर्वोत्कृष्ट हुँदै नगद ४० हजार ७८ रुपैयाँ पुरस्कार प्राप्त गरेको हो। 

images
images

सुजन थपालियाको 'आमा' कविताले उत्कृष्ट स्थान जमाउँदै नगद ३० हजार ७८ रुपैयाँ पुरस्कार जितेको छ। राधिका कल्पितको 'पेन्सन'ले उत्तम स्थान हासिल गर्दै नगद २० हजार ७८ रुपैयाँ पुरस्कार पाएको छ।

यस्तै जनक कार्कीको 'चिहान खनिरहेको मान्छे' र नारायणी अधिकारीको 'दुर्गा भवानी उठ' शीर्षकको कविताले भने प्रोत्साहन पुरस्कार जितेको छ। दुवै कविताले नगद १० हजार ७८ रुपैयाँका दरले पुरस्कार प्राप्त गरेको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए।

शनिबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी कुलपतिसमेत रहेकी महानगर प्रमुख रेनु दाहालले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कार प्रदान गरिसकेपछि मेयर दाहालले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणका लागि महानगरले कदम चालेको बताइन्। 

कला, साहित्यको क्षेत्रमा कमल चलाउनेहरुलाई सानो भए पनि आर्थिक सहयोग प्रदान गरेर देशको ६ वटा महानगरपालिकामध्ये भरतपुरले नयाँ कामको थालनी गरेको उनले दाबी गरिन्। कार्यक्रममा छनौट भएका १५ मध्ये १३ जना कवि उपस्थित भएका थिए। उनीहरुले आ-आफ्नो सिर्जना प्रस्तुत गरेका थिए। 

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, अग्रज कवि गोविन्दराज विनोदी, साहित्यकार भूपिन खड्कालगायतले मन्तव्य राखेका दिए। 

images
प्रकाशित मिति :पौष १६, २०७९ शनिवार - २१:५३:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology