Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू ल्होसार मनाउँदै तमू ह्युल : तयारी अन्तिम चरणमा 

तमू ल्होसार मनाउँदै तमू ह्युल : तयारी अन्तिम चरणमा 

images

इच्छाकामना न्युज

१३, पौष २०७९
तमू ल्होसार मनाउँदै तमू ह्युल : तयारी अन्तिम चरणमा 
images

चितवन । तमू ल्होसार पर्वको तयारी अन्तिम चरणमा पुगेको छ। तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले तमू ह्युल छोँज धीँको संग्रहालय महाबौद्ध गुम्बा परिषरमा ल्होसार मनाउने तयारी गरेको हो। ह्युल छोँज धीँले बुधबार पत्रकार सम्मेलन गरेर ल्होसारको तयारीबारे जानकारी गराएको हो। बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर यसवर्ष ल्होसार पर्व मनाउन लागिएको हो। 

तमू ह्युल छोँज धीँले हरेक वर्ष तीन चार दिनअघिदेखि नै ल्होसार पर्व मनाउँदै आइरहेको छ। पुस १५ गते विशेष दिन भए पनि १४ र १५ गते दुई दिनसम्म धुमधामका साथ मनाउँदै आएको ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्। १४ गते राति तमू विद्यार्थी छोँज धीँ चितवनको संयोजकत्वमा विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुने उनले बताइन्। सांस्कृतिक कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरूको समेत उपस्थिति रहने उनको भनाइ छ। उनका अनुसार लोक तथा दोहोरी कलाकारहरू शितल गुरूङ, सविन गुरूङ र चिजा तामाङबाट प्रत्यक्ष दोहोरी गाउने कार्यक्र तय भएको छ। 

त्यसअघि आज (बिहीबार) बिहान हाजिरिजवाफ र छेलो प्रतियोगिता आयोजना गरिँदै छ। रस्साकस्सी, म्युजिकल चियर, घैँटो फुटाइलगायतका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ। प्रतियोगितात्मक कार्यक्रमबाट बिजेता हुनेलाई भने पुस १५ गते दिउँसो हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने अध्यक्ष गुरूङले जानकारी दिइन्। १५ गते बिहान भरतपुरस्थित जयबुद्ध अस्पताल प्रालिको संयोजकत्वमा निःशुल्क स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गर्दैछ।

images
प्रकाशित मिति :पौष १३, २०७९ बुधवार - १९:१९:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology