Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण

उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण

इच्छाकामना न्युज

१२, पौष २०७९
उद्योग वाणिज्य संघद्वारा प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण

चितवन । उद्योग वाणिज्य संघ चितवनले देशको वर्तमान अवस्थाबारे नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलको टोलीले प्रधानमन्त्री दाहाल निवास पुगेर ध्यानाकर्षण गराएको हो ।

images

उद्योग वाणिज्य संघले अर्थतन्त्र जोगाउनको लागि सरकारद्वारा ठोस कदम चालिनुपर्ने हुँदा सरकारको ध्यानाकर्षण गराएको संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए। हाल बैंकद्वारा गरिएको ब्याजदरको वृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असहजता, मुल्यवृद्धिलगायतका कारणले गर्दा आर्थिक क्षेत्र तहसनहस भएको अध्यक्ष श्रेष्ठले बताए। राष्ट्र बैंकद्वारा ल्याएको चालू पूंजी मार्गदर्शन–२०७९ को कार्यान्वयन कम्तिमा पनि दुई वर्ष स्थगन गर्नसमेत संघले माग गर्दै आएको छ।

सोही क्रमा संघका अध्यक्ष श्रेष्ठले सडक डिभिजन कार्यालय चितवनले पुस ८ गतेदेखि पुलचोक–गोन्द्राङ सडकलाई छ लेनको बनाउने भनेर सडकको दायाँबायाँतर्फका संरचना अव्यवस्थितरुपमा डोजर लगाइ भत्काउँदा व्यवसायीले ठूलो क्षति व्यहोर्नुपरेको बताए। 

कोभिड महामारीबाट बल्लतल्ल उठ्दै गरेको व्यवसायीलाई पुष मासन्तको संघारमा आइपुग्दा आफ्नो सामानसमेत व्यवस्थापन गर्न नदिई संरचना भत्काएको उनले बताए। भरतपुर महानगरपालिकाले समेत आफ्नो क्षेत्राधिकारभित्र पर्ने सडक दायाँबायाँका संरचना भत्काउन भनेर ३५ दिने सूचना प्रकाशन गरिसकेको छ।

टोलीमा संघका अध्यक्ष चुननारायण श्रष्ठसँगै निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष्ँ सुमनकुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पियालगायतको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए।

images
प्रकाशित मिति :पौष १२, २०७९ मंगलवार - १९:३३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology