Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

अरोमा स्कुल प्रकरण

अरोमा स्कुल प्रकरण : आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

अरोमा स्कुल प्रकरण : आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

images
अरोमा स्कुल प्रकरण : आरोपित शिक्षक प्रहरी नियन्त्रणमा
images

चितवन । अरोमा इङलिस सेकेण्डरी स्कुलका कम्प्युटर ल्याब शिक्षक रामकृष्ण सुवेदीलाई मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका शिक्षक सुवेदीलाई प्रहरीले स्कुलबाट नियन्त्रणमा लिएको हो । उनलाई कारबाहीको लागि विद्यार्थीहरुले मंगलबार स्कुल अगाडि प्रदर्शन गर्नुका साथै स्कुल बस र भवनमा तोडफोड गरेका थिए ।

घटना सार्वजनिक भएपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) चितवनले एक विज्ञप्ति जारी गरी मुद्धाको अन्तिम निरुपण नहुँदासम्म आरोपित शिक्षकले हिसान अन्तर्गतका कुनै पनि विद्यालयमा पढाउन नपाउने निर्णय भएको बताएको छ ।

हिसान चितवनका सचिव प्रदिप पौडेलले जारी गरी विज्ञप्तिमा शिक्षण संस्थालाई हिंसाजन्य गतिविधिबाट मुक्त बनाउने कुरामा हिसान स्पष्ट रहेको बताइएको छ । त्यस्तै विद्यार्थीको आन्दोलनका क्रममा विद्यालयमा भएको भौतिक क्षतिप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन उनले आग्रह गरेका छन् ।

320790076_5892381370823090_4046006690415796817_n.webp

 

images
प्रकाशित मिति :पौष ६, २०७९ बुधवार - ०८:२४:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology