चितवन । चितवनको भरतपुरमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा १२६ जनाको स्वास्थ्य परिक्षण गरिएको छ। राष्ट्रिय आयुर्वेद एशोसिएसन जिल्ला कार्यसमिति चितवन र आयुशक्ति आयुर्वेद क्लिनिक भरतपुरको संयुक्त आयोजनामा आज गरिएको बृहत निःशुल्क स्वस्थ्य शिविरमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो।

शिविरमा डा. यान्थस बुढाथोकी र डा. ऋद्वि बास्तोला सहितको स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो।
शिविर कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसिएसन चितवनका अध्यक्ष कृष्ण बहादुर बुढाथोकीको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष बाल गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथी राष्ट्रिय आयुर्वेद एशोसिएसनका केन्द्रीय उपाध्यक्ष बाल गोपाल श्रेष्ठले अबका समयमा स्वास्थ्य सम्बन्धि जनचेतना मुलुक कार्यक्रम गर्न जरुरी रहेको र रानले आगामी दिनहरुमा पनि नियमित स्वस्थ्य शिविर, जडिबुटी परिचयात्मक कार्यक्रमहरु गर्दै सम्पुर्ण आयुर्वेद शक्तिहरुलाई एक ढिक्का बनाएर उच्च बिन्दुमा पु¥याउने बताएका थिए।

स्वस्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका अधिकाशं बिरामीहरु हाड जोर्नी तथा पाइल्स रोगका रहेको आयोजकले जानकारी दिए। शिविरमा सम्पुर्ण बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो भने आज शिविरमा स्वास्थ्य लाभ लिने सम्पुर्ण बिरामीहरुलाई नियमित पन्चकर्म थेरापीमा आयुशक्ति क्लिनिकले विशेष छुट दिने भएको छ। साथै क्लिनिकले आगामी दिनहरुमा पनि स्वास्थ्य शिबिर लगाएत विभिन्न रान सँगको सहकार्यमा गर्दै जाने जानकारि दिए।

कार्यक्रममा विशिष्ट अतिथि डा. यान्थस बुढाथोकी र डा. ऋद्वि बास्तोला, अतिथी रानका बागमती प्रदेशका सह संयोजक बिक्रम पौडेल रहेका थिए।