Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरकारले ल्याएको अध्यादेश प्रति थारु कल्याणकारिणी सभा चितवनले गर्‍यो स्वागत

सरकारले ल्याएको अध्यादेश प्रति थारु कल्याणकारिणी सभा चितवनले गर्‍यो स्वागत

images

इच्छाकामना न्युज

२८, मंसिर २०७९
सरकारले ल्याएको अध्यादेश प्रति थारु कल्याणकारिणी सभा चितवनले गर्‍यो स्वागत
images

चितवन । सरकारले ल्याएको अध्यादेश प्रति थारु कल्याणकारिणी सभा चितवनले स्वागत गरेको छ ।

जिल्ला सभापति ललित कुमार चौधरीद्धारा बुधबार अपरान्ह जारी विज्ञप्तीमा केपी ओली नेतृत्वको सरकारले गरेको सम्झौता कार्यान्वयनका लागि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यान्वयनका लागि ल्याएको अध्यादेशको संविधानसम्मत र स्वागतयोग्य रहेको उल्लेख छ ।

थाकसले सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट यथाशिघ्र प्रमाणीकरण हुने विश्वास व्यक्त गरेको छ । अध्यादेश कार्यान्वयन नभए शसक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ ।

विज्ञप्ती भनिएको छ–‘पहिचान र अधिकारका लागि थारु कल्याणकारिणी सभा, थरुहट थारुवान संयुक्त संघर्ष समितिको शान्तिपूर्ण आन्दोलनको क्रममा २०७२ भाद्र ७ गते भएको रहस्यमयी दुःखद टिकापुर घटनाको झुठा मुद्दा लगाईएका थारु नेता तथा कार्यकर्ताहरुको मुद्दा फिर्ता एवं बन्दीहरुलाई अविलम्ब रिहाई गरियोस् । अध्यादेशको पूर्ण समर्थन गर्दै सो को कार्यान्वयनका लागि जोडदार माग गर्दछौं । कार्यान्वयन नभए सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं ।’

थाकस चितवनले आजदेखि काठमाडौंमा थारु कल्याणकारिणी सभा एवं थरुहट/थारुवान संघर्ष समितिले आह्वान गरेको सांकेतिक आन्दोलनमा थाकस चितवनको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - २२:१९:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology