Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अमेरिकाको संसद भवनमा प्रदर्शन, एक जनाको मृत्यु 

अमेरिकाको संसद भवनमा प्रदर्शन, एक जनाको मृत्यु 

एजेन्सी

२३, पौष २०७७
अमेरिकाको संसद भवनमा प्रदर्शन, एक जनाको मृत्यु 
images

अमेरिकाको संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले प्रर्दशन गरेपछि एक जनाको मृत्यु भएको छ । सदनमा बहस चलिरहेका बेला संसद भवनमा पसेर उनीहरुले हिंसात्मक प्रदर्शन गरेका हुन्।
अमेरिकी काँग्रेसमा सांसदहरूले निर्वाचित राष्ट्रपति जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्प समर्थकहरूसंसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेपछि बहस रोक्नुपरेको थियो। ट्रम्प समर्थकहरूले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको बीबीसीले जनाएको छ। 
हिंसात्मक प्रदर्शन नियन्त्रणका लागि सुरक्षाकर्मीले चलाएको गोलीबाट एक महिलाको मृत्यु समेत भएको छ। घटनापछि वासिङ्टनमा कर्फ्यू लगाइएको छ भने हाल संसद भवन सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको र भवन सुरक्षित रहेको जनाइएको छ।

images
images

images
प्रकाशित मिति :पौष २३, २०७७ बिहिवार - ०९:३३:४२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology