Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनको गार्डेन रिसोर्टमा बिहे भोज खाएका गैडाकोटका २ सय बढी जन्ती बिरामी

चितवनको गार्डेन रिसोर्टमा बिहे भोज खाएका गैडाकोटका २ सय बढी जन्ती बिरामी

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
चितवनको गार्डेन रिसोर्टमा बिहे भोज खाएका गैडाकोटका २ सय बढी जन्ती बिरामी
images

चितवन । चितवनको भरतपुर विमानस्थल पछाडि रहेको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका २ सय जना भन्दा बढी जन्ती बिरामी परेका छन् ।

नवलपुरको गैँडाकोटबाट भरतपुर जन्ती आएका उनीहरुले भरतपुरमा रहेको चितवन गार्डेन रिसोर्टमा शुक्रबार बिहे भोज खाएका थिए । भोज खाएपछि उनीहरु बिरामी परेका थिए । बिहेभोज खाएपछि दुलाहा र दुलही दुबैतर्फका मानिस बिरामी परेका हुन् ।
गैडाकोँट नगरपालिका वडा नम्बर १ बाट गणेश ढकालको बिहेमा उनका आफन्त, इष्टमित्र र साथीभाइहरु जन्ती आएका थिए । उक्त विवाहकी दुलही करिश्मा अधिकारीको घर हाकिमचोक हो । उनको बिहे रिसोर्टबाट भएको थियो ।

भोज खाएर बिरामी परेकाहरुलाई ज्वरो आउने, पखाला लाग्ने, पेट दुख्नेलगायतका समस्या भएपछि अस्पताल भर्ना भएका हुन् । विवाह भोजमा करिब पाँच सय जनाले खाना खाएका थिए । मासु खाएकाहरु सबै जना बिरामी भएको र त्यसमध्ये ३० जना नेशनल सिटी अस्पतालमा भर्ना भएको जनाइएको छ ।

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - २१:०१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology