Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी सुरु 

धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी सुरु 

इच्छाकामना न्युज

२६, मंसिर २०७९
धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी सुरु 
images

बिकास गुरुङ्ग, तेह्रथुम । धनकुटाको सिधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रेको तयारी सुरु भएको  छ । सडक निर्माणका लागि ७२ प्रतिशत काम सम्पन्न भएपछि कालोपत्रे गर्ने तयारी सुरु भएको हो ।हिउँदमा धुलाम्य र वर्षात्मा हिलाम्य सडकको पीडाले ग्रसित बन्दै आएका यस क्षेत्रका नागरिक सडक कालोपत्रे हुने भएपछि खुशी बनेका छन् ।

images
images

करिब तीन दशकअघि ट्र्याक खोलिएको सडक कालोपत्रे नहुँदा नागरिकले सास्ती भौग्दै आएका थिए । कोशी राजमार्गसँगै जोडिएको सिधुवा शुक्रबारे ओख्रे सडक कालोपत्रे हुने भएपछि नागरिकको अवस्था फेरिने भएको छ । ९ मङ्सिर २०७६ मा प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको थियो ।

ओएसिस इन्जिनियर्स एन्ड बिल्डर्स प्रा.लि.ले सडक निर्माणको काम गर्दै आएको छ । आगामी असारसम्ममा सधुवा शुक्रबारे ओख्रे १६ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य सम्पन्न गर्नेगरी कम्पनीले काम गरिरहेको छ । सडक ७० करोड लागतमा कालोपत्रे भइरहेको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १९:१२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology