Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीद्वारा तालबन्दी 

बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीद्वारा तालबन्दी 

images

इच्छाकामना न्युज

२६, मंसिर २०७९
बाँकेको डुडुवा गाउँपालिकामा कर्मचारीद्वारा तालबन्दी 
images

बाँके । बाँके डुडुवा गाउँपालिकाका कर्मचारीहरूले कार्यालयमा तालबन्दी गरेका छन् । गाउँसभा नहँुदा आफूहरूको सेवासुविधा प्रभावित भएको भन्दै पालिकाका कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।

आर्थिक वर्ष २०७९/०८० को गाउँसभा नहुँदा बजेटसमेत पास नभएपछि  सेवाग्राहीका सबै सेवासुविधा पनि प्रभावित बनेको उनीहरूको भनाइ छ । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरूले जनप्रतिनिधिहरूको पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएपछि कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरूले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरूले ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रेका हुन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन भने अन्य विषयगत सेवाहरूरु समेत प्रभावित भएको छ । 

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - १९:१०:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology