मुग्लिन । चितवन इच्छाकामना गाउँपालिकाकी चेली बालकुमारी विश्वकर्मा बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएकी छिन्। इच्छाकामना ५ तामिन माईती भएकी उनी नेकपा एमालेबाट बागमती प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्।
उनलाई नेकपा एमालेले काठमाण्डौ जिल्लाबाट प्रदेश सभा सदस्यमा दलित महिला तर्फ समानुपातिक सूचीमा पहिलो नम्बरमा राखिएको थियो । सोही बमोजिम उनलाई आइतबार नेकपा एमालेले समानुपातिक सांसदको सूचिमा पारी निर्वाचन आयोगमा बुझाएको छ ।
उनी नेकपा एमालेको काठमाण्डौ जिल्ला कमिटि सदस्य हुन् ।