Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन विशेष

मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्यको कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट

मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्यको कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट

इच्छाकामना न्युज

२६, मंसिर २०७९
मानव सेवा आश्रमको आयोजनामा भएको नेपथ्यको कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट
images

चितवन । मानव सेवा आश्रमको आयोजनामा आइतबार साँझ क्याम्पा चौरमा भएको नेपथ्य कन्सर्टमा पत्रकार राजेन्द्र आचार्यमाथि कुटपिट भएको छ । रिपोर्टिङका लागि कार्यक्रम स्थलमा पुगेका आचार्यमाथि कार्यक्रम स्थलमा बसेका बाउन्सरले आक्रमण गरेका हुन् ।

images
images

पत्रकार परिचय पत्र देखाउँदा देखाउँदै पनि आफुमाथि आक्रमण भएको आचार्यले बताएका छन् । यस विषयमा नेपाल पत्रकार महासंघ चितवनले विज्ञप्ती निकाल्दै विरोध जनाएको छ।

319412306_458559236425158_4807298283595660935_n.jpg

पत्रकार आचार्य पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष हुन् । नेपाल टेलिभिजनको चितवन संवाददाताका रुपमा काम गरिरहेका आचार्य सौराहा अनलाईनका सञ्चालक समेत हुन् ।

पत्रकार बसन्त पराजुलीले पत्रकार माथीको आक्रमण निन्दनिय भएको भन्दै दोशी उपर कारवाही गर्न माग गरेका छन् । चितवनमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुले मानव सेवाको लागि आयोजना गरिएको उक्त कार्यक्रममा पत्रकारमाथि नै अमानविय तरिकाले आक्रमण गरिनु दुःखद र गम्भिर रहेको बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर २६, २०७९ सोमवार - ०९:३६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology