कुरिनटार । नेपाल शिक्षक संघ इच्छाकामनाको अध्यक्षमा यान बहादुर गुरुङ चयन भएको छ। शनिबार सम्पन्न दोस्रो अधिवेशनले संघको इच्छाकामना गाउँपालिका स्तरीय समितिको अध्यक्षमा गुरुङलाई चयन गरेको हो।
समितिको उपाध्यक्षमा पार्वती खड्का र श्याम बहादुर गुरुङ, सचिवमा संजिव सिलवाल, अर्थ सचिवमा जनक सिंखडा, सह–सचिवमा नर्मदा अधिकारी, दुर्गा पुरी, देव बहादुर गुरुङ, सूचना गुरुङ चयन भएका छन्।

यस्तै समितिको सदस्यहरुमा मञ्जु अधिकारी, हरिकृष्ण अधिकारी, यागेन्द्र गुरुङ, रामजी श्रेष्ठ, आरती गुरुङ, मनमाया गुरुङ, प्रतिभा पौडेल, अस्मिता गुरुङ, गायत्री कोइराला, प्रतिभा घिमिरे, रवि अधिकारी, श्याम बहादुर लामा, लव पुरी र अर्जुन सापकोटा रहेको छ।