Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राष्ट्रिय निकुञ्ज आसपासका किसान वन्यजन्तुको मारमा 

राष्ट्रिय निकुञ्ज आसपासका किसान वन्यजन्तुको मारमा 

images

इच्छाकामना न्युज

२३, मंसिर २०७९
राष्ट्रिय निकुञ्ज आसपासका किसान वन्यजन्तुको मारमा 
images

पवित्रा पराजुली, नवलपुर । राष्ट्रिय निकुञ्जमा पाईने वन्यजन्तुकै कारण पर्यटन व्यवसाय फस्टाए पनि किसान भने बाली जोगाउने चिन्तामा छन् । चितवनको सौराहा, काठमाडौँ र पोखरापछिको नेपालकै प्रमुख पर्यटकिय गन्तव्य हो ।

चितवन राष्ट्रिय निकञ्ज घुम्न र दुर्लभ एकसिँगे गैँडा हेर्नका लागि पनि स्वदेशी तथा विदेशी पर्यटकहरु सौराहा पुग्छन् । राष्ट्रिय निकुञ्जमा पाइने वन्यजन्तुकै कारण पर्यटन व्यवसाय फस्टाए पनि किसान भने बालीनाली कसरी जोगाउने चिन्तामा छन्।

खेति लगाए पनि वन्यजन्तुबाट जोगाउन मुस्किल पर्ने भएपछि दुई वर्षदेखि चार कठ्ठा बारी बाँझै राखिएको स्थानीयवासी सीमा दाहालले बताउनुभयो । स्थानीयवासी प्रबिना आचार्यले करेसा बारीमा लगाएको तरकारी समेत निकुञ्जमा रहेका गैँडाले नष्ट गरिदिने गरेको बताउनुभयो । खेतबारीमा तारबार लगाउँदा समेत बाली जोगाउन नसकेको उहाँको दुखेसो छ ।

चितवन राष्ट्रिय निकुञ्जमा हाल ६ सय ९४ वटा गैँडा, १ सय २८ वटा बाघ र ४५ वटा हात्ती छन् । जरायो, बँदेल, चितुवा, बाँदर, मयुर लगाएतका जनावर पनि उल्लेख्य छन् । यीनै जनावर निकुञ्ज आसपासका बस्तीमा आउँछन् र किसानलाई दुख दिन्छन् । निकुञ्जले जनावर बाहिर आउन नदिने गरी तारजाली गरिदिनुपर्नेकिसान स्थानीय शङ्कर आचार्यको माग छ ।

 पछिल्लो दुई महिनाको अवधिमा मात्र एक सय जना किसान जङ्गली जनावरले बालिनाली नष्ट गरेको निवेदन लिएर चितवन राष्ट्रिय निकुञ्जको कार्यालय गएका छन् । किसानलाई राहतसँगै जनावर बस्तीमा जान नदिनका लागि निकुञ्जले विभिन्न काम गरिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाका कार्यालय प्रमुख बाबुराम लामिछानेले जानकारी दिनुभयो ।

निकुञ्जमा जनावरको सङ्ख्या बढ्नु प्रकृति र प्रर्यटकीय हिसाबले राम्रो मानिए पनि जनावरका कारण बालिनालीमा पुग्ने क्षतिबाट भने सौराहा आसपासका किसान हैरान छन्। सरकारबाट समेत उचित क्षतिपूर्ति समेत नपाएको उनीहरूको भनाइ छ ।  

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १०:३१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology