Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले फेरि भत्कायो चेपाङका टहरा

माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले फेरि भत्कायो चेपाङका टहरा

images

इच्छाकामना न्युज

२२, मंसिर २०७९
माडीको कुसुमखोलामा चितवन राष्ट्रिय निकुञ्जले फेरि भत्कायो चेपाङका टहरा
images

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले पुनः माडीको कुसुमखोलामा अबैधरुपमा रहेका चेपाङका घर तथा टहराहरु भत्काएको छ ।

निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु बुधबार दिउँसो कुसुमखोलाका विभिन्न गाउँमा पुगी १० वटा घर तथा टहरा भत्काएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नियमितरुपमा घर, टहराहरु निकुञ्जले हटाइरहेको बताए । उनले भने, ‘कुसुमखोलामा एउटा घर बाहेक सबै गैरकानुनी रहेका छन् । अन्य स्थानबाट आएर १० जनाले घरटहरा बनाएका थिए । आउने घरटहरा हटाउने क्रम चलिरहेको छ ।

दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरु भत्काएको कुसुमखोलाका स्थानीय काजीमान चेपाङले बताए ।

घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का स्थानीय दिललाल चेपाङले जानकारी दिए । अहिले कुसुमखोलामा ३० घरधुरी चेपाङहरुको बसोबास रहेको छ ।

करिब २ वर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा अहिले विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् । प्रमुख संरक्षण अधिकृत आचार्यले अन्यत्रबाट चेपाङहरु आएर टहरा बनाउने क्रम निरन्तर चलिरहेकोले हटाउने क्रम पनि चलिरहने बताए ।

images
प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - २१:३९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology