Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पाल्पामा बिहे भोज खाएका ८५ जना बिरामी, ज्वरो र टाउको दुख्ने समस्या

पाल्पामा बिहे भोज खाएका ८५ जना बिरामी, ज्वरो र टाउको दुख्ने समस्या

इच्छाकामना न्युज

२०, मंसिर २०७९
पाल्पामा बिहे भोज खाएका ८५ जना बिरामी, ज्वरो र टाउको दुख्ने समस्या
images

काठमाडौं । बिहेमा भोज खाएपछि पाल्पा र प्यूठानका ८५ जनाभन्दा बढी बिरामी परेका छन्। पाल्पाको बगनासकारी गाउँपालिका चिर्तुङधारा घोरबन्दा र प्यूठान नगरपालिकाको गुरुङगाउँका ८५ जनाभन्दा बढी बिरामी परेका हुन्। बिहेमा भोज खाएका पाल्पाका ४० जनाभन्दा बढी र पाल्पामा जन्ति आएर फर्किएका प्यूठानका अन्य ४५ जना बिरामी परेका हुन्।

images
images

गत शनिबार शनिबार बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दास्थित दानबहादुर गाहाकी छोरीको बिहेमा भोज खाएकाहरु बिरामी परेको स्थानीयले बताएका छन्। पाल्पाको चिर्तुङधारामा बिरामी परेकाहरुले आइतबार र सोमबार तानसेनस्थित मिसन अस्पतालमा उपचार गराएका छन्।

चिर्तुङधारा घोरबन्दाका बिरामी टेकबहादुर गाहाका अनुसार ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने समस्या देखिएको छ। पाल्पामा प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ति आएका थिए।

भोजमा राँगोको मासु, पुलाउ, बटुक, अचार थियो। कतिपयले पानी धमिलो देखिएको र पानीकै कारण पनि हुन सक्ने आशंका गरेका छन्। पाल्पामा जन्ती गएका ४८ जनामध्ये ४५ जनाले खाना खाएको र खाना खाएका उनीहरू सबै बिरामी भएका हुन्। उनीहरूको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०८:२६:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology