धनगढि, २२ पुस । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपड बहादुर बोहोराले राजीनामा दिनुभएको छ । नेकपा विभाजन हुँदा केपी शर्मा ओली समूहमा लाग्नुभएका उहाँले आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्नुभएको हो ।
ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गर्नुभएको थियो । आज समूहका ७ प्रदेशसभा सदस्य सहित पत्रकार सम्मेलन गर्दै बोहोराले दृढ इच्छाशक्ति र प्रयत्नका बाबजुद काम गर्न कठिनाई भएकाले मन्त्रीमा बस्नु जनमतको अपमान हुने ठानेर राजीनामा दिएको बताउनुभयो ।
५३ सदस्यीय प्रदेशसभामा नेकपाका ३९ सांसद थिए । उनीहरुमध्ये ७ जना ओली समूहमा छन् भने अरु प्रचण्ड–माधव समूहमा छन् ।