Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

१७, मंसिर २०७९
म्याग्दे गाँउपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
images

म्याग्दे । म्याग्दे गाँउपालिकाले प्रथम चौमासिक सावैजनिक सुनुवाई कार्यक्रम म्याग्दे ५ को वडा कार्यलय थाङदीमा सम्पन्न गरेको छ । पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमको पालिका अध्यक्ष श्रेष्ठले व्यानर वाचन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, स्थानिय समाजसेवी, वुद्धिजीवि, सरोकारवाला, टोल अध्यक्ष लगायतको उपस्थिती रहेको थियो । 

images
images

गाँउपालिकाले श्रावण देखि कार्तिक महिनासम्म गरेको कामको वारेमा जानकारी र नागरिकको गुनासो तथा सुझाव लिनका लागी सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । सुशासन र जिम्मेवारीता वहन अन्र्तगत गाँउपालिकाको कमी कमजोरीका वारेमा जानकारी लिनका लागी गाँउपालिकाले नागरिक सँग सुझाव र सल्लाह मागेका थिए । गाँउपालिका आफै पनि जनउत्तरदायी हुदाँ हुदाँ पनि अmभ परिस्कृत वनाउने प्रयास स्वरुप सार्वजकि सुनुवाई कार्यक्रम गरिएको अधिकृत अधिकारीले वताउनुभयो । यसैगरि कार्यक्रममा पालिकाका विषयगत प्रमुखहरुले आफनो क्षेत्रका प्रगती विवरण र जनताको प्रश्नको जवाफ दिएका थिए । ले गाँउपालिकासँग भए गरेका कामको गुनासो र जवाफ दिने काम भएको थियो । 

कार्यक्रममा स्थानिय समुदायले गाँउपालिकाका काम कारवाही र गुनासोको वारेमा प्रश्न राखेका थिए । अन्तरक्रियात्मक तरिकाले गरिएको कार्यक्रममा सम्वन्धित प्रश्नको उत्तर सम्वन्धित निकायवाट विषयगत प्रमुखवाट दिईएको थियो । 

जवाफदेहिताको भुमिकामा रहनुभएको पालिका अध्यक्ष वालकृष्ण घिमिरेले पालिकाले काम गर्दा गर्दे जनताको अपेक्षा अनुरुप काम कारवाही नभएको हुन सक्दछ । जनअपेक्षा के छ भन्ने वुझनका लागी पनि यो नागरिक सुनुवाई कार्यक्रम महत्वपुर्ण हुनेछ । गाँउपािलका जनताको आवश्यकता पुरा गर्न र विकास निर्माणमा सधै हातेमालो गरेर अगाडी वढ्न चाहन्छ, उपाध्यक्ष घिमिरेले वताउनुभयो । पालिकाले आवश्यक नियम कानुन र कार्यविधी निर्माण गरेर अगाडी वढेको र कर्मचारीमा भर्नामा नियमअनुसार नै गरेको समेत उपाध्यक्ष घिमिरेले वताउनुभयो । 

यसैगरि प्रमुख जवाफदेहिता एवं पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनताको सुख दुखमा सधै साथ साथ हिड्न वताए । जनताको चाहना पुरा गर्नु नै हाम्रो कर्तव्य हो । कमी कमजोरी सच्चाएर पालिका समृद्ध वनाउन हामी तत्पर छौ । हाम्रो कमी कमजोरीलाई औल्याई सुझाव दिनुहुन अनुरोध गर्दछौ, अध्यक्ष श्रेष्ठले भने । पालिकामा कुनै पनि राजनैतिक गन्ध नभएका र कर्मचारीमा राजनितीको प्रश्न आएको हुदाँ कर्मचारीलाई राजनिती नगर्न निर्देशन दिनुभयो । पालिका उत्पादन र श्रमलाई सँगै लैजान खोजेको हुदाँ राजनैतिक आग्रह पुर्वाग्रहमा पालिका नरहेको समेत वताए । 

 

images
प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - २१:५५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology