Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्याड पाएपछि कक्षा छाड्ने छात्राको सङ्ख्या घट्दो

प्याड पाएपछि कक्षा छाड्ने छात्राको सङ्ख्या घट्दो

images

इच्छाकामना न्युज

११, मंसिर २०७९
प्याड पाएपछि कक्षा छाड्ने छात्राको सङ्ख्या घट्दो
images

पबिता पौडेल, सैनामैना । आकृति बिकको  महिनावारीको समयमा बिचैमा स्कुल छोडेर घर जानु पर्ने बाध्यता हटेको छ । विद्यालयले स्यानीटरी प्याड दिन थालेपछि ढुक्कले उहाँ पढाइलाई निरन्तरता दिन पाउनु भएको छ ।

सैनामैना १ दुर्गा माध्यमिक विद्यालयका शिक्षिकाहरूले महिनावारी हुँदा स्कुल छोड्नुपर्ने बाध्यता बुझेर पहल गरेपछि सैनामैना नगरपालिकाको सहयोगमा प्याड वितरण गरिएको हो ।

घरको आर्थिक अवस्था निकै कमजोर प्याड किन्न पैसा नहुने स्कुलमा महिनावारी हुँदा  बिचैमा स्कुल छोड्नु पर्दा पढाइ छुट्ने समस्या बताउँदै आकृति भन्नुहुन्छ अहिले धेरै सजिलो भएको छ । एक दिन  पढाइ छुटेको छैन ।

विद्यालयले ३ वर्ष अघिबाट स्यानीटरी प्याड दिन थालेको हो । स्कुलले एक महिनामा एक जना छात्रालाई ६ पिस प्याड दिने आकृति बताउनु हुन्छ । विद्यालयमा महिनावारी हुँदा कसैले कपडामा ब्लड देख्ने हुनकी  धेरै पिडा भोगेको तितो यथार्थ सुनाउँदै छात्रा कृति थापा भन्नुहुन्छ अहिले पहिलाको जस्तो छैन सजिलो भएको छ । 

पहिला वडाको सहयोगमा र स्कुल मिलेर  ५, १० रुपियाँ उठाएर फन्ट बनाएर सकलन गरेर छात्राहरूलाई प्याड दिइएको बताउँदै शिक्षिका मञ्जु आत्रेय भन्नुहुन्छ अहिले नगरपालिकाको कार्यक्रम आएपछि सहयोग हुन थाल्यो सहज भएको छ ।

महिनावारी हुँदा छात्राहरू छुट्टी माग्दै जाँदै गर्थे यस्तो समस्या देखेर हामीले योजना बनाएर विद्यालयबाटै थालनी गरेका हौ, मञ्जु बताउनुहुन्छ । सैनामैना १० पशुपति माबिका प्रधानाध्यापक हरिप्रसाद थापा भन्नुहुन्छ, प्याड वितरण पहिला ९० प्रतिशत छात्रा बिचैमा स्कुल छोडेर जान बाध्य हुन्थे अहिले त्यो समस्या छैन।

सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माले सबै वडाका स्कुलहरूमा स्यानीटरी प्याड किनेर निःशुल्क वितरण गरेको बताउनुभयो । 

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ०८:४०:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology