काठमाण्डौं, २१ पौष ।
बेलायतमा दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरिएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको सङ्क्रमणको दर बढ्दै गएपछि दोहो¥याएर लकडाउनको घोषणा गर्नुभएको हो ।
प्रधानमन्त्री जोनसोनले लकडाउनको घोषणा गर्दै सबै नागरिकलाई घरमै बस्न र अनावश्यक घरबाट बाहिर नस्किन पनि आग्रह गर्नुभएको छ ।
आजबाट लागू हुने लकडाउन फरवरीसम्म जारी रहने बताइएको छ । बेलायतमा पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार फैलिएपछि तीव्र गतिमा सङ्क्रमण बढ्न थालेको छ । हालसम्म कोरोनाका कारण बेलायतमा सङ्क्रमित हुनेको संख्या २७ लाख १३ हजार ५ सय नाघेको छ ।