Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

निर्वाचन आयोग

चितवन २ : प्रत्यक्षतर्फ ३ प्रतिशत मत बदर, कुन उमेदवारले कति मत पाए ?

चितवन २ : प्रत्यक्षतर्फ ३ प्रतिशत मत बदर, कुन उमेदवारले कति मत पाए ?

images

इच्छाकामना न्युज

१०, मंसिर २०७९
चितवन २ : प्रत्यक्षतर्फ ३ प्रतिशत मत बदर, कुन उमेदवारले कति मत पाए ?
images

चितवन । चितवन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ खसेको मतको ३.८८ प्रतिशत मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार चितवन २ मा प्रत्यक्षमा ८४ हजार १७ मत खसेको थियो । त्यसमध्ये ३ हजार २६४ मत बदर अर्थात् ३.८८ प्रतिशत मत बदर भएको हो ।

सदर मतमध्ये सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत ल्याए भने तेस्रो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याए ।

चितवन २ मा उमेदवारी दिएका १३ जना उमेदवारले एक हजार मत पनि कटाउन सकेनन् । उनीहरु सबैको जमानत जफत भएको छ । ९५५ मत ल्याएका राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन अधिकारीको पनि जमानत जफत भएको छ । मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर तामाङले २७७, हाम्रो नेपाली पार्टीका अमृत तामाङले १४९, स्वतन्त्र उमेदवार भाष्करचन्द्र न्यौपानेले ८४ मत ल्याए ।

त्यस्तै, स्वतन्त्र उमेदवार देवीका कुँवरले ६३, जसपा नेपालका मुस्तफा अलीले ६२, जन समाजवादी पार्टी नेपालका प्रभा त्रिपाठीले ५८, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजाले ५५, स्वतन्त्र उमेदवार अंगुर पन्तले ४६ र सुन्दर डल्लाकोटीले २६ मत पाए । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुनिल कुमार क्षेत्रीले २०, स्वतन्त्र उमेदवार सुदर्शन प्रधानले १४ र खेमराज भट्टाराईले ४ मत पाए ।

images
प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ०९:३६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology