चितवन, २० पौष ।
गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध गृहजिल्ला चितवनमा प्रचण्ड–नेपाल पक्षका कार्यकताले कालो बेलुन उडाएर विरोध गरेका छन्। उनीहरुले विमानस्थल परिसरमा गृहमन्त्री बादललाई विरोधस्वरुप कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् ।
त्यस्तै उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा पनि देखाएर विरोध जनाएका छन्।
नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् ।
पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन्।