Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेले पाएको मत दोब्बर बढि, जित निश्चित

चितवन २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेले पाएको मत दोब्बर बढि, जित निश्चित

images

इच्छाकामना न्युज

८, मंसिर २०७९
चितवन २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेले पाएको मत दोब्बर बढि, जित निश्चित
images

चितवन । चितवन क्षेत्र न २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने सुनिश्चित भएको छ । अब गन्न बाँकी सबै मत अन्य उमेदवारलाई गएपनि उनको जित निश्चित भइसकेको छ । यद्यपी सबै मत अन्य उमेदवारलाई मात्र जानु असम्भव छ । कति मतान्तरले जित्छन् भन्ने यकिन हुन भने अन्तिम मतपरिणाम नै कुर्नुपर्ने हुन्छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार चितवन २ मा ६९ हजार ५८० मत गनिसक्दा २५ हजार भन्दा बढी मतले रविले अग्रता लिइरहेका छन् । रविले ३९ हजार २०० मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ मत ल्याएका छन् । रवि २५ हजार ६९७ मतान्तरले अगाडि छन् । अब १४ हजार ७३५ मत मात्रै गन्न बाँकी छ । चितवन २ मा ८४ हजार ३१४ मत खसेको थियो ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०८:०६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology