चितवन । निकै चासोका साथ हेरिएको चितवनको क्षेत्र नं. २ मा नेकपा एमालेको कृष्णभक्त पोखरेलले निरन्तर अग्रता लिईरहेको छ। पछिल्लो अपडेट अनुसार ९२७९ मत गणना हुदाँ एमालेका पोखरेलले ३२५४ मत पाएका छन् भने काँग्रेसका उमेश श्रेष्ठले २७२४ मत र स्वतन्त्र पार्टीका रवि लामिछानेले २७१७ मत पाएका छन्।
इच्छाकामना गाउँपालिकाको वडा नं. १ र २ को मत गन्दा पछि रहेको र स्वतन्त्र पार्टीका रवि लामिछाने वडा नं. ३ को मतगणना सकिएसँगै काँग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै दोस्रोमा आएका थिए। तर वडा नं. ७ को मत गन्दै गर्दा पछिल्लो अपडेटमा लामिछानेलाई श्रेष्ठले ७ मतले अगाडी बढेका छन्।