Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

दुर्घटना

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परि निधन

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परि निधन

images

इच्छाकामना न्युज

६, मंसिर २०७९
चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’ का प्रस्तोता सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परि निधन
images

चितवन । चितवनका सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।

आफू सवार बा ४ ख ४१२ नम्वरको माइक्रोबसमा च्यापिनुभएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

पछिल्लो समय काठमाडौं बस्दै आएका उहाँ निर्वाचनमा मतदान गर्न चितवन आएको उहाँका भाई भुवन विकले जानकारी दिनुभयो । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइदै छ । उहाँले लामो समय चितवनको रेडियो चितवन र कालिका एफएममा काम गर्नुभएको थियो । उहाँले सञ्चालन गरिरहेको कार्यक्रम बहकिने मन देशभर चर्चित छ । देशका एक सय बढि एफएम रेडियोमा उहाँको कार्यक्रम प्रशारण हुने गर्छ ।

उहाँ पत्रकार महासंघ चितवनको पूर्व सदस्य र प्रेस चौतारी चितवनको पूर्व कार्यसमिति सदस्य हुनुहुन्यो । राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामले घटनाप्रति दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नुभएको छ ।

images
प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलवार - ०८:२६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology