Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

धाँधली भएको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेपछि गोरखामा मतगणना सुरु हुन सकेन

धाँधली भएको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेपछि गोरखामा मतगणना सुरु हुन सकेन

images

इच्छाकामना न्युज

५, मंसिर २०७९
धाँधली भएको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेपछि गोरखामा मतगणना सुरु हुन सकेन
images

गोरखा । गोरखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन । त्यहाँ नेकपा एमालेले पुनस् मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ । केही बुथमा निर्वाचन विरोधी कार्य भएको भन्दै पुन:मतदान गर्नुपर्ने एमालेको माग छ ।आइतबार मतदानको समय सकिएपछि नेकपा एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्न आनाकानी गरेको थियो ।

पछि मुचुल्कामा सही गरेर मतपेटिका भने उठाइएको थियो । तर, एमालेले आज सोही मुद्दा सर्वदलीय बैठकमा उठाउने देखिएको छ । एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ अहिले आफूहरू बैठकमै रहेको र गठबन्धनबाहेकका दलमा साझा धारणा बनाउन लागेको बताए । चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरण पनि नदिएको उनको आरोप छ ।

बेलुकासम्म केही निर्णय गर्छौं, अहिले छलफलमै छौँ । गठबन्धन बाहेकका दलको साझा धारणा बन्छ, -उनले भने । कांग्रेस नेता तथा गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईंले भने, हिजो मतपेटिका उठाउने बेलामा पनि फण्डा भो, प्रचण्डजी र मेरो दुवैको क्षेत्रमा निवेदन हालेका छन् ।

यस्तै जिल्लाको चुम्रुनबीबाट मतपेटिका अहिलेसम्म पनि ल्याइएको छैन । मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ । चुम्रुनबीको मतपेटिका ल्याइएपनि एमालेको विरोधमा मतगणना अझै ढिला हुने देखिएको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर ५, २०७९ सोमवार - ११:५४:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology