Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मकवानपुरको हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

मकवानपुरको हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ

इच्छाकामना न्युज

४, मंसिर २०७९
मकवानपुरको हेटौँडामा चुनाव बिथोल्न खोज्ने सात जना पक्राउ
images

मकवानपुर । हेटौँडामा आज बिहान  प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव बिथोल्न खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार हेटौँडा–१० बसपार्कमा रहेको नेकपा बहुमत समूह मकवानपुरका इञ्चार्ज हेटौँडा–१० बस्ने ४१ वर्षीय रवि खड्कासहित सात जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा नेकपा बहुमत समूहका जिल्ला संयोजक हेटौँडा–१५ का शक्ति मगर, समूह जिल्ला सचिवालय सदस्य बाग्मती गाउँपालिका–४ का लिला माझी, समूहका जिल्ला सदस्यहरु हेटौँडा–१० बस्ने अजय गहतराज, हेटौँडा–११ बस्ने विकास लामा, बाग्मती गाउँपालिका–८ बस्ने अनिल सिङ्तान र समूहका जिल्ला युवा अध्यक्ष हेटौँडा–८ बस्ने वसन्त लामा रहेका छन् ।

प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएको जनाइएको छ ।

images
प्रकाशित मिति :मंसिर ४, २०७९ आइतवार - ११:५७:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology