Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राजनिति

चितवनको निधारमा लागेको दागलाई मेट्न आएको हुँ : रवि लामिछाने

चितवनको निधारमा लागेको दागलाई मेट्न आएको हुँ : रवि लामिछाने

इच्छाकामना न्युज

१, मंसिर २०७९
चितवनको निधारमा लागेको दागलाई मेट्न आएको हुँ : रवि लामिछाने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का प्रतिनिधिसभाका उम्मेदवार रवि लामिछानेले चितवनको निधारमा लागेको दाग मेट्न आएको बताउनु भएको छ ।

images
images

चितवनको नारायणी किनारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विगतका निर्वाचनमा मतपत्र च्यातिएको घटनातर्फ संकेत गर्दै अब यस निर्वाचनमा धाँधलीको सपना नदेख्न चेतावनी दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘चितवनमा गएर मात्र सही निर्णय हुन्छ, न्याय नपाउँदा चितवनले न्याय दिएको थियो । अब चितवनले देशलाई न्याय गर्ने छ । ’ उहाँले आफ्ना लागि केही पनि नचाहिएको बताउनुभयो । आम नागरिकले न्यायको लागि आवाज उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जब जनता कोभिडको मारमा मरिरहेका थिए । तपाइँले भोट दिएकाहरु घरभित्र तास खेलिरहेका थिए ।’ उहाँले देशमा देखिएको भ्रष्टचार र बेतिथिको समाधान खोजेर नै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो बारेमा उठेका विभिन्न प्रश्नको बारेमा जवाफ दिँदै रवि लामिछानेले भन्नुभयो, ‘अब चक्रव्युमा पर्ने गरेको छु । तपाइँको साथ र आर्शिवादले त्यो घेरा तोड्न सफल भएको छु । चक्रव्यु र अभिमन्युको नियतीबाट बचाउने तपाइँ चितवनबासी नै हो ।’ उहाँले आफूलाई सधै प्रश्नहरुको घेरामा राखेर तिरहरु रोपिएको बताउनुभयो । उहाँले बिदेशमा रहेका युवाहरुलाई स्वदेश फर्काउन निःशुल्क भिसा र टिकटको व्यवस्था गर्ने बताउनुभयो ।

आफूलाई समयसमयमा विवादमा फसाउन खोजिएको भन्दै उहाँले भन्नुभयो, ‘ देशबाट नै निकाल्न खोजेका मानिसहरु पनि थिए । हरेक नागरिकको घरमा पुग्छु र पुगिरहन्छु । यहाँ उपस्थित भएको यो भीड, नेपालमा परिवर्तन आवश्यक छ भन्ने आवाज हो । यही देशमा बनेको कपडा लगाउँछु , सरकारी अस्पतालमा जादा तपाइँले के हालत भोग्नुपर्छ । म सरकारी बाहेक अरु अस्पतालमा जान्न ।’ उहाँले आफ्नो विरुद्ध निर्वाचनमा षडयन्त्रहरु हुन थालेको विचार राख्नुभयो ।

चुनावी सभामा लामिछानेले भन्नुभयो, ‘रवि लामिछानेले निर्वाचन जितेपछि सुकुमबासीको बस्तीमा डोजर चलाउँछ भनेर प्रचार गरेका रहेछन् । म व्यवस्थापन गर्न जानेको मान्छे हुँ, बिस्थापित गर्न आएको होइन । कसैले डोजर चलाउँछ भने मेरो छातीमा पहिले डोजर लाग्छ ।’ उहाँले विकसित देश जस्तै नेपाल बनाउने दाबी गर्दै भन्नुभयो, ‘१४ वर्ष विदेश बसेँ, शिक्षाको उज्यालो देखे, तल्लो जातको भनेर कसैले विवेद गर्देन, म त्यस्तो उज्यालो देखेर आएको हुँ । मैले देखेको उज्यालो, म उज्यालो देखाउन चाहन्छु । त्यो विभेदरहित समाजको उज्यालो, बाटोघाटो बन्ने उज्यालो । एकपटक उज्यालो देखाउन चाहन्छु । त्यो उज्यालोमा देखेपछि कोही अध्यारोमा फर्कदैन ।

चितवनमा देश विदेशबाट सबैले आँखा लगाएका छन् । यो पटक नेपालको गरिमामय संसदमा नयाँ नयाँ अनुहारहरु हुनेछन् । अब हामी विदेशमा रहने नेपालीहरुको भोट हाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नेछौं ।

स्वतन्त्र पार्टीको चुनावी सभामा दिपाश्री निरौला, किरण केसी, रमेश उप्रेतीलगायतका राष्ट्रिय कलाकारहरुले पनि घण्टीमा भोट हाल्न आव्हान गरेका थिए ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १७:५२:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology