Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ : एमाले उम्मेद्वार देवी ज्ञवाली

मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ : एमाले उम्मेद्वार देवी ज्ञवाली

इच्छाकामना न्युज

१, मंसिर २०७९
मैंले जिते चितवनले मुख्यमन्त्री पाउँछ : एमाले उम्मेद्वार देवी ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघिय सांसद उठ्न चाहान्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं. २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जितेर जाँदा मुख्यमन्त्री पाउने गरी । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं. २ बाट पराजित भए । उनकै ज्ञवाली यसपटक पराजयको श्रृखलालाई रोकेर जितको खोजीमा छन् । क्षेत्र नं. २ को प्रदेश क्षेत्र (ख) बाट एमाले उम्मेदवार रहेका ज्ञवालीका लागि यसपटक सत्ता गठवन्धनका उम्मेदवार उत्तम जोशीको चुनौती सामाना गर्नुपर्ने अवस्था छ । जोशी कांग्रेस चितवनका पूर्व जिल्ला सचिव हुन् । जिल्लाको तुलनात्मक रुपमा सुगम र सहज भूगोल यो प्रदेश क्षेत्रमा रहेको छ । यो प्रदेश क्षेत्र (ख) मा भरतपुर महानगरपालिकाका ७ वडाहरु वडा नं. २, ४,५,७, १०,११ र १२ पर्दछन् । यहाँ ६२ हजार २४२ मतदाता छन् । निर्वाचन जिते बागमती प्रदेशको मुख्यमन्त्री हुने उनको योजना छ । प्रस्तुत छ ज्ञवालीसँग गरिएको कुराकानी ।

images

तपाईको चुनावी अभियान कहाँ पुग्यो ?

अब अन्तिमतिर छौं । सबै जनताको घर घरमा चोक चोकमा, विभिन्न सञ्जालहरुको माध्यमबाट जनतासँग भोट मागेको छु । उहाँहरुले पनि मत दिने भन्नुभएको छ । उत्साही छु, यसपटक ।

तपाई २०७४ मा भरतपुर महानगरको मेयर र २०६४ मा संविधानसभा सदस्यमा पराजित हुनु भयो ? यसपटक जित्ने आधार के छ ?

जनतालाई थाहा छ की हामीले दिएको मत देवी ज्ञवालीलाई पुगेन र पराजय भोग्नुप¥यो भन्ने । मलाई २०७४ सालमा त माओवादीहरुले मतपत्र च्याँतेर जनमतको हत्या गरेर पराजय गराईएको हो । मलाई जनताले हराएका हैनन् । २०६४ मा माओवादीको देशब्यापी आएको माहोलले गर्दा पराजय भयो । तर, यसपटक मलाई जनताले जिताउनुहुन्छ । नपुगेको मत पु¥याएर कसैले हराउन नसक्ने गरी मत दिनुहुन्छ । मेरो जितको आधार भनेको मेरो राजनीति प्रतिको निरन्तरता हो । जनताको विश्वास हो । मैंले मेरो जीवन नै जनताका लागि सर्मपित गरेको छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तन र विकासमा म अथक योद्धा भएर लागेको छु ।

एमालेका विरुद्धमा गठवन्धन छ ? गठवन्धन तुलनात्मक रुपमा बलियो पनि छ कसरी जित्नुहुन्छ ?

गठवन्धन पानीको फोका हो । यसको कुनै अर्थ छैन । वितेको २ बर्षमा यो गठवन्धनको प्रदेश र केन्द्र सरकारले कुनै एउटा काम जनताको पक्षमा गरेको छैन । महंगी बढाउने, अत्याचार गर्ने, उद्योगी व्यावसायीहरु हायलकायल पारिएका छन् । खै त जनतालाई राहात ? खै त विकास ? केपी ओलीलाई अदालत प्रयोग गरेर सत्ताबाट हटाए पछि देशको विकास ठप्प भएर रोकियो । नेताको गठवन्धन होला जनताको गठवन्धन हुँदैन । हामी यसपटक सजिलै जित्छौं ।

तपाईं संघिय सांसद उठ्ने कुरा थियो, एकाएक प्रदेशमा झर्नुभयो किन ?

कुरा सहि नै हो । म संघिय सांसद उठ्न चाहान्थे । तर, पार्टी भित्र सल्लाह भयो, सहमती भयो । म प्रदेशमा र कृष्णभक्त जी संघमा उठ्न हामी सहमत भयौं । मेरो गोरुको बाह्रै टक्का भनेर पनि त भएन । हामीमा एकता भाव छ । अहिलेको परिस्थितीले पनि हामीलाई एक ठाँउमा उभ्याएको हो ।

तपाईं बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भनेर चुनावी प्रचार गर्नुभएको रहेछ ? खास के हो ?

मलाई पार्टीले निर्वाचन जितेर जाँदै गर्दा प्रदेशको महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने कुरा छ । म एमालेको १० औं महाधिवेशनमा सबैभन्दा बढि मत ल्याएर जित्ने केन्द्रीय सदस्य पनि हो । एमालेका नेता कार्यकर्ताको भरोसा पनि हो । म निर्वाचित हुँदै गर्दा मुख्यमन्त्री बन्ने अवस्था तयार हुन्छ । त्यसको लाभ चितवनका जनतालाई पनि हुन्छ । मेरो क्षेत्रका जनतालाई पनि हुने नै भयो । तर, विपक्षी उम्मेदवारले जित्दा त एउटा सांसद मात्रै हुने हो । अब मुख्यमन्त्री हुनसक्ने मान्छेलाई जिताउने कि सांसद मात्रै हुने उम्मेदवारलाई जिताउने जनताले फैसला गर्नुस् भनेको हो । र अर्को कुरा गठवन्धनले प्रदेशमा पनि २ बर्ष सरकार चलायो कति बदनाम भयो तपाईंले देख्नु भएकै छ । कति विकृती भित्रियो । झ्यालै पिच्छे मन्त्रालय बनाएर जनता माथि लुट मच्चाएको तपाईंले देख्नुभएकै छ । मनपरी, अराजकता हावी भयो । त्यसैले सुसंस्कृत र जनतामुखी शासनका लागि पनि एमालेलाई जिताउनुपर्छ । जनतालाई यो कुराको ख्याल भएको पाएको छु ।

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १७:१७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology