Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ट्युसन पढ्न घरबाट हिडेका चितवन गुञ्जनगरका तीन किशोरी ३ दिनदेखि बेपत्ता

ट्युसन पढ्न घरबाट हिडेका चितवन गुञ्जनगरका तीन किशोरी ३ दिनदेखि बेपत्ता

इच्छाकामना न्युज

१, मंसिर २०७९
ट्युसन पढ्न घरबाट हिडेका चितवन गुञ्जनगरका तीन किशोरी ३ दिनदेखि बेपत्ता
images

पूजा ढकाल, चितवन । ट्युसन पढ्न भनेर घरबाट हिडेका भरतपुर महानगरपालिका–१७ गुञ्जनगरका तीन कोशोरी बेपत्ता भएका छन् । 

images
images

गुञ्जनगर बस्ने १५\१६ वर्ष उमेरका किशोरीहरु कात्तिक २९ गतेदेखि बेपत्ता भएका हुन् ।

२९ गते बिहान घरबाट स्कुलमा ट्युसन पढ्न जाने भनेर अस्मिता नेपाली, अञ्जली गुरुङ् र मनिसासिंह ठकुरी हिडेका थिए । उनीहरु गुञ्जनगरमा रहेको श्री गुञ्जनगर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्दै आएका छन् ।

त्यस्तै अस्मिताको ठूलो बुबाको छोरो सफल नेपालीका अनुसार उनीहरु घरबाट पढ्न जाने भनेर गएका थिए तर आजसम्म सम्पर्कमा भने आएका छैनन् । हामीले सम्पर्क गर्न खोज्दा एकछिन फोन लाग्छ तर पछि फोन गर्दा कि मोबाइल आफ भन्छ कि बेस्त भन्छ । ‘उनीहरुले हाम्रो नम्बर बल्क गरेका छन्’ नेपालीले नारायणी अनलाइनलाई बताउनु भयो ।

नेपाली भन्नुहुन्छ, ‘उनीहरु तीन जना कतै जान भन्दा अगाडि फेसबुकमा गफ भएको रहेछ र उनीहरुले उक्त गफमा बुटवल गएर काम गर्ने भनेका छन् । त्यस्तै फेसबुकमा अरु व्यक्तिसँग सम्पर्क भने भएको छैन तर बाटोमा जाँदा सम्पर्क भएको भए हामी के जान्ने ।’

त्यस्तै अस्मिता नेपालीको आमा टिकादेवी सार्कीका अनुसार उहाँको छोरीले घरबाट आफ्ना सबै कपडा तथा १५ हजार पैसा लगेकी छन् । त्यस्तै अस्मिताको साथी अञ्जलीले केही गहना तथा ५० हजार पैसा र मनिसाले दुई लाख हाराहारीका गहना लगेका छन् । उहाँ भन्नुहुन्छ, ‘बिहान ५ बजे देखि ९ बजे सम्म स्कुलमा ट्युसन हुन्छ र स्कुल जान घरबाट साइकलमा १५ मिनेट लाग्छ, सधै जस्तै त्यस दिन पनि अस्मिता आफ्ना साथीसँग ट्युसन पढ्न जाने भनी घरबाट गएकी थिइन् । ’ सार्कीका अनुसार उहाँहरुले जिल्ला प्रहरी कार्यालय चितवन समेत उजुरी दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हामीले खोजी कार्यलाई अगाडि बढाएका छौँ । तर, पछिल्लो समय चुनावका कारण सबै प्रहरी चुनावमा खटिँदा काम गर्न भने कठिन भएको उहाँ बताउनुहुन्छ । पछिल्लो समय साथीको संगतले बिग्रर्ने किशोर–किशोरीको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - १७:०८:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology