तनहुँ । नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नं १ क प्रदेश सभासद उम्मेदवार राम बहादुर गुरुङले सामजिक संजालमा गठबन्धन सरकारले ठेकेदारले भन्दा पनि तल गिरेर योजनाहरु रोक्का गरेको स्टाटस लेखेका छन । उनका अनुसार मंसिर ४ को चुनावमा यसको हिसाबकिताब गर्ने बेला आएको उल्लेख गरेका छन ।
उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई काम गर्न नदिएको आरोप लगाएका छन । गठबन्धन सरकारले संचिती रकम चलाएर खतम पारेको,अर्थमन्त्रीले करको दर हेरफेर गरेकाले महंगी दोब्बर बढेको र दोब्बर बढेको राजस्वले जनताको ढाड भाच्ने काम गरेको,जनताले बनाएको प्रधानमन्त्री लाई अल्पमतमा पाररे सरकार ढलाएपछि पुन संसद विघटन गरी जनताले नै निणर्य दिनेछन भनी जनतामा जाने घोषणा गर्दा उल्टो अदालतले नै परमादेश दिएर गठबन्धनको सरकार बनाएको लगायत विकास निर्माण का बेला संघर्ष गर्दैगर्दा गठबन्धनका नेताहरु कँहा थिए भन्दै प्रश्न गरेका छन ।
उनको सार यस्तो छ :-
”आदरणिय आमाबुबा, दाजुभाई तथा दिदिबहिनीमा नमस्कार ।
म तनँहु क्षेत्र न १ क को प्रदेश सभा सदस्य नेकपा एमालेका उम्मेदवार राम बहादुर गुरुगं (निबर्तमान प्रदेश सभा सदस्य, गण्डकी ) । विगतमा नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकार र उँहाका टिममा समाहित हामीले गरेका कामहरुलाई मुल्याकंन गनुभएको छ भन्ने अपेक्षा गरेको छु ।
हामीले विकास र समृद्धीको नारा लगाउदैँ कामहरु सुरुवात गर्दैगर्दा विभिन्न लान्छना र हावादारी गफ भन्नेहरु्लाई काम गरेर देखाइदिएका छौँ ।
रेल ल्याँउछौ भन्दै गर्दा खिल्ली उडाएका थिए आज जनकपुरमा रेल कुदेको छ । भुकम्पले भत्काएका जनताका घर बनाउँछौँ भन्दै गर्दा आजसम्म ७ लाख भन्दा बढीका घरहरु हाम्रै सरकारले बनाई दिएका छन । नेपालमा सुरुगं खन्छौ भनेका थियौँ अहिले नागढुंगामा सुरुगंमार्ग बन्ने अन्तिम चरणमा पुगेको छ । पानी जहाज ल्याँउछौँ भन्दै गर्दा अहिले नारायणी र कोशीका तिरमा पानीजहाज कुदेको छ । घरघरमा खानेपानीको धारा आएको छ । काठमाण्डौमा रानी पोखरी, दरबारमार्ग लगायतको ऐतिहासिक सम्पदाहरुको पुनर्निमाण भएको छ । धराहरा उभिएको छ । देशैभर चिल्ला र सफा कालोपत्रे सडक निर्माण भएको छ । कुनैकुनै बन्ने चरणमा रहेको छ । तुइन विस्थापित गरी झोलुगें पुल बनेका छन । बर्षेनी खोला तरेर हिँडनुपर्दा बगाइनुपर्ने बाध्यताको अन्त्य गरी पक्की पुल निर्माण गरेका छौ । यद्धपी देशको गुमेको लिपुलेक र कालापनी भुभाग फिर्ता ल्याउँछौ भन्दै गर्दा नाकाबन्दीको सामाना गरेका छौ । हाम्रै भु-भाग दाबी गर्दा एमाले सरकार गिराएको जगजाहेर नै छ । जनताले बनाएको प्रधानमन्त्री लाई अल्पमतमा पाररे सरकार ढलाएपछि पुन संसद विघटन गरी जनताले नै निणर्य दिनेछन भनी जनतामा जाने घोषणा गर्दा उल्टो अदालतले नै परमादेश दिएर गठबन्धनको सरकार बनाएको छ । यसको पनि हिसाबकिताब गर्ने बेला आएको छ ।
बैदेशिक निर्यात व्यवसायिक महासंघका अध्यक्षसमेत भएको नाताले मैले बुझेको देशको ढुकुटी अर्थात संचिती रकमको बारेमा पनि केही भन्न चाहान्छु । यो मुद्रा भनेको कुनैपनि देशको अन्तराष्ट्र्रिय मापदण्ड तथा मुल्य निर्धारण गर्ने कोष हो जुन बढाउँदै लैजानुपर्ने थियो जसले गर्दा हाम्रो देशको मुद्राकोष बलियो हुनेथियो तर हाम्रो एमाले सरकार गिराएर गठबन्धन सरकारले यो कोष पनि चलाएर खतम पारेको छ जसले गर्दा देश श्रीलंका को बाटोमा हिँडेको छ भनेर बजार तातेको हो । प्रधानमन्त्री शेरबहादुर देउबा स्वंयले भनिसक्यो देशमा,बजेट कार्यन्वयनका लागि सरकारसँग पैसा छैन । यस्तो अवस्थामा देशलाई लज्जित र मजाक बनाइराख्याछन गठबन्धनले । राजस्व, कर बढाउने नाममा जनताको ढाड सेकाउने प्रवृती बढेको छ । अहिले खानेतेल देखी दैनिक उपभोग्य सामानहरु सबैमा दोब्बर मुल्य भएको छ । त्यसबेला एमालेको सरकार रहँदाँ १३ सय पर्ने ग्याँसको मुल्य अहिले १८सय पुगेको छ । पेट्रोलको भाउ १सय ८० पुगेको छ जतिबेला पेट्रोल आधामुल्यमा पाइन्थ्यो । अहिलेको गठबन्धन सरकार कायम रहँदा न विकास भएको छ, न कुनै योजनाहरु ल्याएका छन खाली जनताको ढाड सेकाउन माओबादीका तथा गठबन्धनका सरकारका अर्थमन्त्रीले करको दर हेरफेर गरेको तपाईहरुक्ै माझमा छताछुल्लभएको छ । गण्डकी प्रदेका सरकारले नाताबादका नाममा लथालिगं तरिकाले बजेट बाडेँका छन । जसले गर्दा आज महंगी बढेको तितो यथार्थ भोग्नुपरेको छ । हामीले सारेका विकासनिर्माण योजनाहरु अहिलेका सरकारले लथालिगं बनाएका छन । घरघरमा आउनै लागेका पानीका लागि आवश्यक भवनहरु बन्नै लाग्दा ठप्प बनाएका छन । कँयौ कामहरु अलपत्र पार्दै ठेकेदारहरु भाग्दै गर्दा समातेर काम गर्न लगायौ तर अहिलेको गठबन्धन सरकारले ठेकेदारले भन्दा पनि तल गिरेर सबै योजनाहरु रोक्का गरेको छ ।
यसैले यि बन्दै गरेका योजनाहरुलाई पुन संचालनमा ल्याउन, असारे झरी र बाढीले बिगारेको, भत्काएको र सरकारले वेवास्ता गरेकाहरुलाई मर्मत गर्न खानेपानी, कृषिलाई हराभरा बनाउन तनँहु क्षेत्र न १ मा मैले उम्मेदवारी दिएको छु । तनँहुबासीको सुखदुखमा हामी सधैँ साथमै रहेका छौँ । विकास निर्माण का लागि बजेट ल्याउने, कुनस्तरको बन्यो बनेन अनुगमन गर्ने लगायतका काम तथा संघर्षका बेला गठबन्धनका नेताहरु कँहा थिए ?जसको आफनै घरआँगनमा हामीले नै पहल गरेर पक्की पुल बनाइदिएका छौँ । कहिल्यै गाँउ नफर्केका उनी हामीले पहल गरी कालोपत्रे सडक बनाईदिएका छौ । अहिले टुरिष्टका रुपमा भोट माग्न आएको सुनेको छु । प्रतिनिधी सभाको चुनावमा रामचन्द्र पौडेलका सटटामा बरु जिन्दगी नै तपाईहरुको सुखदुखमा सँगै बिताएका शालिन नेता एकबहादुर राना लाई जिताउनुहोस ।
बारम्बार हार व्यहोरेपनि अझै हिम्मत नहारेका राना एक सोझा र सिधा जनजातीका छोरा हुन । यसपटक हामीलाई जिताउनुहोस । यँहाहरुले सुर्य चिनहमा छाप लगाएर अमुल्य मत दिनुहोस । धन्यबाद ।”