Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्दछ : किरण गुरुङ

विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्दछ : किरण गुरुङ

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्दछ : किरण गुरुङ
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ प्रतिनिधी सभाका उम्मेदवार किरण गुरुङ्गले विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्ने वताउनुभएको छ । केन्द्रमा ओली सरकार र आफु गण्डकी प्रदेशमा अर्थमन्त्री भएर काम गर्दा विकास निर्माणको काम गरेको तर नेपाली काग्रेसले भ्रम छर्दे हिडेको समेत वताए । काम एमालेले गर्ने तर नेपाली काग्रेसका साथीहरु आफुले गरेको भन्दै हिडेको हुदाँ मुल्यवान नैतिकताका साथ राजनिती गर्न समेत आग्रह गरे ।

चुनावी अभियानको दौरानमा नेकपा (एमाले) व्यास–५, वडा कमिटीले आयोजना गरेको वृहत भेलालाई सम्वोधन गर्दे गुरुङ्गले सो कुरा वताउनुभएको हो । अर्थमन्त्री भएर तनहुँमा विकास निर्माणमा धेरै काम गरेको छु, विकास निर्माण मैले गर्ने तर काग्रेसका साथीहरु भने सुटुक्क उद्घाटन गरेर अलोकतान्त्रिक काम गरेको वताए । खानेपानी, सडक, विद्युत र जनताको आधारभुत आवश्यकतामा धेरै काम भएका छन् तर गठवन्धनको सरकार वनेपछि त्यसको केही पनि निरन्तरता भएको छैन, शुरु गरिएको काम अलपत्र परेका छन्, गुरुङ्गले भने । 

नेकपा (एमाले) को सरकार हुदाँ देशमा धेरै राष्ट्रिय गौरवको आयोजना शुरु गरेको तर परमादेशी सरकार आएर त्यसमा वजेट काटेर विकास विरोधी काम गरेको समेत वहाँले वताए । जनताले नजिकवाट नियालेका छन्, कसले कति काम गरेको छ भनेर, गुरुङले भने । 

नेपाली काग्रेसका उम्मेदवार प्रति लक्षित गर्दे गुरुङले भने, पाहुनालाई माया ममता गर्ने हो तर साँचो सुम्पने हैन । आफनो क्षेत्र छाडेर अर्को क्षेत्रमा चुनाव लड्न आएको मान्छे भोली छाडेर जान्छ । त्यसैले पाहुनालाई माया र सम्मान गरौ तर साँचो सुम्पने काम नगरौ, गुरुङले भने । 

व्यास–५ को शेरा र सिर्दीमा भएको सो कार्यक्रममा तनहुँ क्षेत्र  नं २(क) प्रदेश सभा सदस्य उम्मेदवार श्यामराजा महतले जनताको आवश्यकता पुरा गर्न आफनो उम्मेदवारी भएको वताए । विगत देखि नै सधै जनताको काम गरेको हुदाँ अव पनि जनताको काम गर्ने अवसर दिनुहोस । यहाँहरु सँग हातेमालो गरेर हिड्नेछु, महतले भने । 

एमाले नै जनताको पार्टी भएको हुदाँ पार्टीले अगाडी सारेको टवान्टी ग्यारेन्टी कार्यक्रमले जनतामा समृद्धी ल्याउने समेत वताए । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र उपाध्याय, निर्वाचन संयोजक रत्नादेवी घिमिरे, जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो । 

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - २०:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology