Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै

भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
भरतपुर महानगर प्रमुखका दुई महत्वाकांक्षी आयोजनाले गति लिंँदै
images

चितवन । गएको कार्यकालमा देशका पालिकाहरुमा सबैभन्दा धेरै काम भरतपुर महानगरपालिकाले गर्न सफल भएको छ । महानगर भित्र धेरै ठूला र महत्वपूर्ण आयोजना निर्माणका क्रममा छन । साना तिना आयोजना कतिपय सम्पन्न भईसकेका छन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको निरन्तर प्रयासका कारण यहांँ धेरै आयोजना पर्न सफल भएका हुुन् ।

यी आयोजना मध्येका दुई महत्वाकांक्षी आयोजना सभागृह र ६ लेन सडकले गति लिन थालेको छ । कोभिडका कारण सोचेअनुसार काम नभएपनि पछिल्लो समय कामले गति पाएको छ । नमुना विकासका आयोजनाकै कारण  सर्वाधिक मतका साथ दाहाललाई दोस्रो कार्याकालका लागि महानगरबासीले प्रमुखमा निर्वाचित गरेका छन् ।

भरतपुर सभागृह र पुल्चोक–गोन्द्राङ्ग ६ लेन सडक निर्माणको आधा आधी काम सम्पन्न भएको छ । संरचनाले रुप लिन थालिसकेको छ । सभागृहको काम ४० प्रतिशत सकिएको छ भने ६ लेन सडकको काम ५० प्रतिशत भन्दा बढी भएको छ । आँफु प्रमुख भए पछि भरतपुर महानगरपालिकाको सभाकक्षमा पूर्ब प्रधानमन्त्री एबं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रघुविर महासेठ सहित मन्त्रालयका सचिव, सडक बिभागका महानिर्देशक लगायतको उपस्थितिमा भएको छलफलले ६ लेन सडक जन्मिएको हो ।

कार्यक्रममा प्रमुख दाहालले प्रस्ताब गरे संगै मन्त्री महासेठको निर्देशनमा परियोजनाले गति लिएको हो । त्यसो त त्यस पछि फेरिएका मन्त्री, सचिव, महानिर्देशक सबैलाई घचघच्याएकै कारण आयोजना यो अबस्थामा आएको दाहाल बताउनुहुन्छ । महानगरको शहरी क्षेत्रमा सौन्दर्यकरण सहितको हरियाली सडक बनाउने आफ्नो सपना अब साकार हुने दाहाल बताउनुहुन्छ ।

त्यसैगरी सभागृह जन्मिएको हो । यो परियोजनाका लागि महानगरले निकै मेहनत गर्नुपरेको दाहाल बताउनुहुन्छ । बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताल र हनुमान नगरको जग्गा नमिले पछि परियोजना जिल्ला समन्वय समितिको जग्गामा गरिएको हो । हनुमान नगर टाढा हुने र क्यान्सर अस्पतालको जग्गा अन्य प्रयोजन गर्न नहुने भनिए पछि यो जग्गामा सभागृह बनाईएको हो । चितवन बासीका लागि यी दुई परियोजना महत्वपूर्ण रहेका छन् ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - १९:३३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology