Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

राजनिति

चुनावी घरदैलोलाई तीव्रता दिदै तनहुँ १ प्रदेश सभा ‘ख’ का गठबन्धन उम्मेदवार हरिबहादुर चुमान

चुनावी घरदैलोलाई तीव्रता दिदै तनहुँ १ प्रदेश सभा ‘ख’ का गठबन्धन उम्मेदवार हरिबहादुर चुमान

images

इच्छाकामना न्युज

३०, कार्तिक २०७९
चुनावी घरदैलोलाई तीव्रता दिदै तनहुँ १ प्रदेश सभा ‘ख’ का गठबन्धन उम्मेदवार हरिबहादुर चुमान
images

आँबुखैरेनी । तनहुँ क्षेत्र नं १  ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार हरिबहादुर चुमान चुनावी घरदैलो अभियानलाई तीब्रता दिदै आएका छन् ।

निर्वाचन प्रदेश निर्वाचन क्षेत्रका आँबुखैरेनी,देवघाट लगायतका स्थानमा मतदाताको घरदैलोमा पुगेर गठबन्धनलाई बिजयी गराउन आग्रह गर्दै आएका छन् ।

मिलनसार, मृदुभाषि एवं युवाहरुमाझ निकै लोकप्रीय नेता चुमान विकास प्रेमी नेताको रुपमा समेत परिचित रहेका छन् । जनताको नजरमा प्रीय मानीने नेता चुमान बिभिन्न आन्दोलनबाट खारिएका नेता समेत हुन् ।

गण्डकी प्रदेशमा आन्तरीक मामिला, कानुन तथा संचार मन्त्रालयको जिम्मेवारीमा रहेका चुमानले विकासका गतिविधिलाई समेत तिव्र गतिमा अगाडी बढाएको आँबुखैरेनी– सम्स्तीपुरमा नेता बद्री पौडेलले बताए । सरल र स्वच्छ छवीका नेता चुमानले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी,शिक्षा,स्वास्थ्य र सडक पुर्वाधारका कामहरु देखिने गरेर अगाडी बढाएको पौडेलले बताए ।

hari bahadur chuman.jpg

तनहुँको अग्लो शिखर छिम्केश्वरीको सडक र पर्यटन पुर्वाधारमा नेता चुमाको अथक प्रयासले विकासको गति अगाडी बढेको आँबु–२ का स्थानीय गणेश बहादुर थापाले बताए । तनहुँको व्यास नगरपालिकामा रहेको छाब्दी बाराही मन्दीर जाने बाटो कालोपत्रे गर्न देखी व्यास–१३मा बृहत खानेपानी आयोजना निर्माणमा चुमानको भूमीका महत्वपुर्ण रहेको एकिकृत समाजवादीका नेता समेत रहेका स्थानीय गजेन्द्य्र पन्तले बताए ।

चुमानले आफ्नो निर्वाचन क्षेत्रको विकासमा महत्वपुर्ण योगदान गरेका कारण यस क्षेत्रका जनताको मन–मनमा चुमान रहेको पन्तले बताए । बन्दिपुरको पर्यटन, सडक विस्तार खानेपानी र शिक्षा क्षेत्रका विकासमा समेत नेता चुमानले राम्रो काम गरेको स्थानीय अरबिन्द भट्टराईले बताए । चुमानको सरलताले यस क्षेत्रका जनताको मन जितेको छ स्थानीय भट्टराईले भने ।

नेता चुमानले देवघाट क्षेत्रको विकास समेत महत्वुपर्ण काम गरेको स्थानीय भिम रानाले बताए । रानाले भने कछार क्षेत्रको सडक पुर्वाधारमा नेता चुमानको भुमीका महत्पुर्ण रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै आर्थिक विकास र समृद्धिलाई जोड दिएर काम गर्ने बताए । शहिदको बलिदानबाट प्राप्त उपलव्धिलाई निस्तेज गर्न केही तत्वले प्रपञ्च रचिरहेकोले त्यसको बिरुद्व लड्न र प्राप्त उपलव्धिको रक्षा गर्नको लागि पाँच दलीय गठबन्धन गरेर अघि बढिएको उनले बताए ।

जनताको घरदैलोमा पुग्दा उत्साहित भएकोले आफुहरुलाई थप उर्जा मिलेको उनले बताए । आफु गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्री हुँदा जिल्लाको विकासको लागि सक्रिय रहेको र केही अधुरा योजना पूरा गर्ने प्रतिबद्वता जनाएपछि कार्यकर्ताहरु खुशी भएका छन् । कार्यकर्ताहरुको सकारात्मक उत्साहले जीत सुनिश्चित रहेको नेता चुमानले दाबी गरेका छन् ।

नेता चुमानलाई यसपटक नोपली कांग्रेसको उम्मेदवार रहेका कारण कांग्रेसको पनि दरिलो साथ पाएका चुमान चुनावी प्रचारमा जनताको मायाले थप उत्साहीत भएको नेकपा माओवादी केन्द्रका नेता रामहरी बचगाईले बताए । उनीसँग नेकपा एमालेका नेता पुर्ण बहादुर गुरुङ प्रतिस्पर्धामा रहेका छन् । तनहुँको क्यामिनका गुरुङ त्यस क्षेत्रका मतदाता समेत नभएको कारण पनि चुमानलाई निर्वाचन जित्ने माहोल तयार भएको श्रोतको दाबी रहेको छ ।

केही समय अघि मात्रै कांग्रेस परीत्याग गरेर एमालेबाट टिकट ल्याएका गुरुङलाई निर्वाचन जित्न चुनौती रहेको श्रोतले बतायो । नेकपा माओवादीका आधार इलाकाको रुपमा रहेका बन्दिपुर, आँबुखैरेनी र कांग्रेसको दरिलो साथ नै चुमानको जित्ने गतिलो आधार रहेको नेपाली कांग्रेस आँबुखैरेनीका सभापति विष्णु पन्तले बताए ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७९ बुधवार - ०९:४१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology