Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण निकालेको कास्कीमा एक व्यक्ति पक्राउ

नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण निकालेको कास्कीमा एक व्यक्ति पक्राउ

images

इच्छाकामना न्युज

२९, कार्तिक २०७९
नक्कली सुनका गहना धितो राखेर २४ लाख ऋण निकालेको कास्कीमा एक व्यक्ति पक्राउ
images

पर्वत। नक्कली सुनका गहनालाई धितोका रूपमा राखेर बैङ्कहरूबाट कर्जा (ऋण) निकालेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार पर्वतको कुश्मा नगरपालिका–३ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१८ सराङकोटमा बस्दै आएका २५ वर्षीय अभिसेक सुनारलाई पक्राउ गरिएको हो।

सुनारले विभिन्न मितिमा विभिन्न खालका नक्कली सुनका गरगहनाहरू धितोमा राखेर पोखरा महानगरपालिका–१७ बिरौटामा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड कास्कीबाट १६ लाख ६० हजार रुपैयाँ र पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडबाटै ७ लाख ४५ हजार रुपैयाँ गरी २४ लाख ५ हजार रुपैयाँ कर्जा लिएको खुलेको छ।

लामो समयसम्म पनि कर्जाको व्याज तथा साँवा बुझाउन नआएपछि उनले धितोमा राखेका गरगहनाप्रति शङ्का लागेर जाँच गर्दा ती गरगहनामा कमसल सुन प्रयोग भएको पाइएको छ। धितोमा राखिएका गरगहना नेपाल सुनचाँदी व्यवसायी सङ्घ कास्कीमा परीक्षणको लागि पठाइएकोमा सङ्घले गरगहना नक्कली सुनबाट तयार गरिएको भन्ने परीक्षण प्रतिवेदन दिएको थियो।

घटनाको बारेमा जानकारी आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो। उनका विरुद्ध कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको डिएसपी तिवारीले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७९ मंगलवार - ०८:३८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology