Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पूर्व मन्त्री किरण गुरुङ भन्छन ‘तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता ’

पूर्व मन्त्री किरण गुरुङ भन्छन ‘तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता ’

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
पूर्व मन्त्री किरण गुरुङ भन्छन ‘तीनै सरकारको समन्वयमा विकास निर्माणलाई प्राथमिकता ’
images

तनहुँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले अधुरा योजना पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

images
images

आइतवार भिमाद नगरपालिका वडा नंं ३, ४ र ५ का  विभिन्न स्थानमा भएका मतदाता भेटघाट एवम् कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । ‘प्रदेशको अर्थमन्त्री हुदा थुप्रै योजना कार्यान्वयन भई सम्पन्न भएका छन् । कतिपय योजना अधुरै छन्,’ उनले भने, ‘मैले शुरु गरेका योजना केदार सिग्देलले पुरा गर्नुहुने छ । सिग्देलले शुरु गरेका कामलाई मैले पूर्णता दिनेछु ।’ 

गुरुङ निर्वातमान प्रदेश सभा सदस्य हुन भने सिग्देल निवर्तमान प्रतिनिधी सभा सदस्य हुन् । नेता गुरुङले क्षेत्र नं. २ प्रदेश १ मा नेता श्यामराजा महत र २ मा सिग्देलसँगको समन्वय र सहकार्यमा तनहुँको २ नम्बर क्षेत्रलाई रुपान्तर गर्ने प्रतिवद्धता जनाए । उनले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि विकास निर्माण अगाडी बढाउने बताए । 

विगतमा नेपाली काङग्रेसले लामो समयदेखि जितेको यस क्षेत्रलाई ५ वर्षमा विकास निर्माणमा महत्वपूर्ण आधार निर्माण भएको उनले दाबी गरे । उनले भने, ‘गफ र आश्वासन गर्ने भन्दा पनि कामै गर्ने व्यक्तिलाई संसदमा विजयी गराएर पठाउनुहोस ।’ 

तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले  जनताको घरदैलोमा पुग्दा मतदाताले देखाएको मायाले उत्साह थपेको बताए । उनले विगतमा भएका कामको मुल्यांकन गरि एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - २२:०१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology