Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

राजनिति

मापसे गरेका रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई लोप्पा खुवाउदै दुव्र्यवहार गरेकोले प्रतिकार गर्‍यौंः जितनारायण श्रेष्ठ

मापसे गरेका रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई लोप्पा खुवाउदै दुव्र्यवहार गरेकोले प्रतिकार गर्‍यौंः जितनारायण श्रेष्ठ

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
मापसे गरेका रविका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई लोप्पा खुवाउदै दुव्र्यवहार गरेकोले प्रतिकार गर्‍यौंः जितनारायण श्रेष्ठ
images

चितवन । नेपाली काँग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले सञ्चारकर्मीसंग कुरा गर्दै आइतबार चितवनको इच्छाकामनामा भएको घटनामा आफूहरु दोषि नरहेको भन्दै स्वतन्त्र पार्टीका कार्यकर्ताका कारण घटना भएको बताएका हुन् ।

उनले भनेका छन्,‘हामी चुनावी अभियानका क्रममा हिडिरहेका थियौं । रवि लामिछाने हाँस्दै हात हल्लाएर जानु भो । पछाडि रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका नेता कार्यकर्तालाई दुव्र्यवहार गरे । किन यस्तो गरेको भन्दा धकेलाधकेल भयो ।’ उनले सो क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मादक पदार्थ सेवन (मापसे) गरेको समेत आरोप लगाएका छन् । उनले मापसे गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई लोप्पा खुवाएको समेत बताएका छन् । उनिहरु अराजक बनेका कारण गठबन्धनका कार्यकर्ताले प्रतिकार गरेको उनको भनाई छ ।

गठबन्धन बिरुद्ध हुलहुज्जत गरेका कारण घटना भएको भन्दै उनले रवि लामिछानेले आफू बिरुद्ध आक्रमण भयो भनेर गलत प्रचार गरेको बताए । उनले आफूहरुले लडेर ल्याएको लोकतन्त्रमा रवि लामिछाने बोल्न र चुनाव लड्न पाएको जिकिर गरे । आज दिउसो चितवनको इच्छाकामनामा प्रचारप्रसारमा हिडेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता चढेको गाडी गठबन्धनका कार्यकर्ताले तोडफोड गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - २१:५१:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology