Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

स्थानीय जनताको रोजाईमा परेको छुः तनहुँ १ को ‘क’ प्रदेश सभा सदस्य उम्मेद्वार राम बहादुर गुरुङ

स्थानीय जनताको रोजाईमा परेको छुः तनहुँ १ को ‘क’ प्रदेश सभा सदस्य उम्मेद्वार राम बहादुर गुरुङ

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
स्थानीय जनताको रोजाईमा परेको छुः तनहुँ १ को ‘क’ प्रदेश सभा सदस्य उम्मेद्वार राम बहादुर गुरुङ
images

तनहूँ । आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ । विभिन्न दलका उम्मेदवार अहिले घरदैलो र मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

यसै क्रममा गण्डकी प्रदेशका निवर्तमान् सांसद एवं निर्यात व्यावसायिक महासंघका अध्यक्ष राम बहादुर गुरुङ नेकपा एमालेबाट तनहूँ क्षेत्र नम्बर १ को प्रदेश नं. ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन् । यस भन्दा अगाडी पनि यसै प्रदेशबाट चुनाव जितेका गुरुङले अघिल्लो कार्यकालमा सन्तोषजनक काम गरेको कारण यस क्षेत्रका जनताहरुको रोजाईमा गुरुङ नै रहेको देखिन्छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता नेता रामचन्द्र पौडलको पुरानो गाउँ व्यास ८ रिस्ति जानको लागि मोटररेवल पुल अत्यावश्यक भएकोले गुरुङकै पहलमा उक्त स्थानमा २ वटा मोटररेवल पुल निर्माण गर्न पहल गरेकै कारणले पनि गुरुङलाई आम मानिसहरुले सम्झिरहेका छन् । गण्डकी प्रदेश सरकारको महत्वाकांक्षी योजना एक घर एक धारा भने कार्यक्रम कार्यान्यवनमा पनि गुरुङकै सक्रिय सहभागिता रहेको थियो ।

गुरुङले पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री र तनहूँकै नेता किरण गुरुङ अर्थमन्त्री हुदा धेरै ठाउमा पुल, खानेपानी, बाटो, सामुदायिक भवन, होमस्टेहरु बनाउन आर्थिक सहयोग, वोटविरुवाहरु वितरण लगाएतका धेरै योजनाहरु सजिलैसंग आफ्नो क्षेत्रमा बजेट ल्याउन सकेको थियो ।

पार्टीले दिएको काम र जनताको अपेक्षा पुरा कहिल्यै नहच्किचाएको बताउने गुरुङ प्रदेशसभा सदस्य निर्वाचित भएर जनताका कामहरु धेरै गरेको र धेरै योजनाहरु अधुरा रहेको कारण पनि ति योजनाहरु लाई पुर्णरुप दिनको लागि फेरि उमेदवार बनेको बताउछन् ।

गण्डकी प्रदेशसभा सदस्य रहँदा आफुले जनतासगको भेटघाट र बिकास निर्माणका काममा खट्ने गरेको र कोभिड १९ को महामारीको समयमा समेत विकास निर्माणका धेरै कामहरु गरेको कारण जनताले यसपटक पनि आफुलाई भोट हालेर चुनावमा विजय गराउनेमा ढुक्क भएको उनले बताए ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - २१:३९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology