Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

इच्छाकामनाका विभिन्न स्थानमा गठबन्धनको उम्मेद्वारहरु घरदैलोमा

इच्छाकामनाका विभिन्न स्थानमा गठबन्धनको उम्मेद्वारहरु घरदैलोमा

images

इच्छाकामना न्युज

२७, कार्तिक २०७९
इच्छाकामनाका विभिन्न स्थानमा गठबन्धनको उम्मेद्वारहरु घरदैलोमा
images

चितवन । देशभर निर्वाचन नजिकिदै गर्दा उम्मेद्वार, घरदैलो, कोणसभा आमशभामा व्यस्त छन । विभिन्न दलका उम्मेद्वार आफ्ना एजेण्डा र आश्वासन बांँडेर मतदाता आकर्षित गर्दैछन ।

यसैक्रममा चितवनका उम्मेदवार पनि मतदाता रिझाउन व्यस्त छन । चितवनको तीनवटा क्षेत्र मध्ये दुईनम्बर क्षेत्रको माओल पनि तातिैदै गएको छ । यस क्षेत्रको निर्वाचन अन्य क्षेत्रको भन्दा रोचक र घोचक देखिएको छ ।

315101355_6510983115583793_3815712266525237764_n.jpg

यहांँ लोकतान्त्रिक वाम गठबन्धनका साझा उमेद्वार राज्य मन्त्री उमेश श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रवी लामिछाने चुनावी मैदानमा छन ।

चुनावी घरदैलो अन्तर्गत आईतबार गठबन्धनका साझा उम्मेद्वार उमेश श्रेष्ठले घरदैलो अभियान तीब्र पारेका छन । उनले आईतबार ईच्छाकामना गाउंँपालिका वडा नम्बर ४, ५ र ६ नम्बर विकट क्षेत्रमा घरदैलो गरेका हुन् । घरदैलो कार्यक्रममा मतदाताले उनलाई भव्य स्वागत गरेका थिए ।

 

images
प्रकाशित मिति :कार्तिक २७, २०७९ आइतवार - १९:३४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology