Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

तनहुँ केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना 

तनहुँ केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना 

images

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
तनहुँ केशवटारको गौरव, गर्जोदी खानेपानी आयोजना 
images

तनहुँ । व्यास–१४ को वडाको नै गौरवको आयोजनाको रुपमा हेरिएको गजौदी खानेपानी आयोजनाको २ वटा पानी टंकी ठिनमा निर्माण सम्पन्न भएको छ । ७ करोड ७८ लाखको लगानीमा वन्न लागेको खानेपानी आयोजनामा गत आर्थिक वर्षमा १५ लाख विनियोजित वजेट वाट १ लाख ५० हजार लिटर र ३० हजार लिटर क्षमता रहेको २ वटा पानी टंकी निर्माण सम्पन्न भएको हो । 

व्यास–१४ को वडामा रहेको केशवटार, रुम्सि, नयाँगाउ, ठिन, हर्कपुर लगायतको क्षेत्रमा वितरण हुने खानेपानीको योजना १ घर १ करेशावारी कार्यक्रम अन्र्तगत शुरु भएको हो । नेपाल सरकारले लगानी गरेको आयोजना ३ वर्षमा सम्पन्न हुने निर्माण कम्पनिले जनाएको  छ । 

आर्थिक वर्ष ०७८।०७९ मा २ करोड १० लाख वजेट विनियोजन भएर कार्यन्वयनको चरणमा गएको योजनामा २ वटा रिजर्भ टंकी, पाईपलाईन विस्तार र विद्युत सप्लाई हुने वडासदस्य दुर्गा वहादुर आलेले जानकारी दिनुभयो । आयोजनाको निर्माण सम्पन्न भएपछि कृषि र उत्पादनमा ठुलो टेवा मिल्ने वडासदस्य आलेले वताउनुभयो । 

यो व्यास–१४ को नै गौरवको आयोजना हो । यसको निर्माण सम्पन्न भएर कार्यन्वयनमा गईसकेपछि केशवटारलाई नै उत्पादनको हव वनाउने र उत्पादनमा जोड्ने वताए । केशवटारमा वाटोको सवै संजालले जोड्ने र उत्पादनलाई जोड दिने वडाको लक्ष्य भएको वहाँले वताए । आत्मनिर्भर र समृद्ध वन्नका लागी यो आयोजनाले ठुलो भुमिका खेल्ने आलेले वताए । 

खानेपानी टंकी हर्कपुर, रुम्सि र नयाँगाँउमा थप १÷१ लाख लिटरको ३ वटा वन्ने र यो आयोजना सम्पन्न भएपछि हरेक घरमा करेशावारी, सिंचाई र उत्पादनका लागी महत्वपुर्ण भुमिका खेल्नेछ । जसले केशवटारको दिगो विकासलाई जोडदछ, वडाध्यक्ष काजीमान श्रेष्ठले वताउनुभयो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २३:०२:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology