Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

निवर्तमान सासंद केदार सिग्देलको पहलमा खानेपानी आयोजनामा ६ करोड वढि रकम वजेट विनियोजन

निवर्तमान सासंद केदार सिग्देलको पहलमा खानेपानी आयोजनामा ६ करोड वढि रकम वजेट विनियोजन

बि.बि. श्रेष्ठ

२२, कार्तिक २०७९
निवर्तमान सासंद केदार सिग्देलको पहलमा खानेपानी आयोजनामा ६ करोड वढि रकम वजेट विनियोजन
images

तनहुँ । प्रतिनिधीसभाका निवर्तमान सासंद केदार सिग्देलको पहलमा तनहुँ क्षेत्र नं २ मा नेपाल सरकारवाट खानेपानी आयोजनामा ६ करोड वढि रकम वजेट विनियोजन भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार समेत रहेका केदार सिग्देल जिल्लामा सरल, कुशल संगठक, स्पष्ट दृष्टिकोण र जनप्रिय नेताका रुपमा परिचित छन् । 

images
images

विकास निर्माण अन्तर्गत विभिन्न शिर्षक मध्ये नि. सासंद सिग्देलले खानेपानी आयोजनामा मात्र ६ करोड भन्दा वढि रकम विनियोजन गरेका थिए । जसमध्ये भिमाद खानेपान िआयोजनाका लागी १० करोड, गड्यौलीटार लिफिटिङ्ग खानेपानी आयेजनामा ३० लाख, नयाँटार वन्टार खानेपानी आयोजनामा १५ लाख, ढाक्रेखोला सिरकोट खानेपानी योजनामा २० लाख, दुस्साही खानेपानी आयोजनामा १५ लाख, घयाँछाप खानेपानी योजना घिरिङमा ४३ लाख, धनेुङ खानेपानी योजनामा ४९ लाख विनियोजन भएको थियो । 

सोलुङ्ग लिफटिङ्ग खानेपानी योजना रिषिङ्गमा ५० लाख, शिरकोट वोरिङ लिफटिङ्ग योजनामा ५० लाख, गजरकोट खानेपानी योजना अत्रोलीमा ७० लाख, टुकमराङ्ग खानेपानी भानुमतिमा १३ लाख ९४ हजार, देउली भित्रीवारी खानेपानीमा ३८ लाख, पोखरीछाप खानेपानी घिरिङमा ३८ लाख, भिमाद मालेवगर ढल निर्माणमा २६ लाख, किहुँ खानेपानी योजनामा १४ लाख ३१ हजार, वरनडाँडा खानेपानी योजनामा १५ लाख ८८ हजार विनियोजन भएको थियो । 

रजिडाँडा खानेपानी योजनामा १० लाख ३७ हजार, टेकेलहरे खानेपानी योजनामा ८ लाख ७९ हजार, गोरडाँडा सतिकोट खानेपानीमा ११ लाख ९४ हजार, गोठादी खानेपानी योजना ऋषिङमा ८ लाख, डाँडाखुदी गैराखुदी खानेपानी योजना ऋषिङमा ८ लाख ७९ हजार, आधामारा लिफिटङ्ग खानेपानी भिमाद १ मा २ लाख, पृथ्वीटोल खानेपानी योजना झापुटारमा २ लाख, धारुभन्ज्याङ खानेपानी ऋषिङमा २ लाख, पल्टयाङ लिफटिङ खानेपानीमा २ लाख र वुरियाटार खरखरे खानेपानी योजना भिमाद ५ मा  २ लाख वजेट विनियोजन भएर योजनाहरु सम्पन्न भएका थिए । 

 

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - ०९:४६:५० बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology