Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

तमू समाज कतारको अध्यक्षमा टौमाया गुरुङ चयन

तमू समाज कतारको अध्यक्षमा टौमाया गुरुङ चयन

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७९
तमू समाज कतारको अध्यक्षमा टौमाया गुरुङ चयन
images

कतार । तमू (गुरुङ) समाज कतारको अध्यक्षमा टौमाया गुरुङ चयन भएको छ । समाजको १८ औं साधारणसभाले अध्यक्षमा गुरुङलाई चयन गरेको हो।

सभाले समाजको प्रथम उपाध्यक्षमा तेज गुरुङ, द्वितीय उपाध्यक्षमा ओम राज गुरुङ, तृतीय उपाध्यक्षमा पदम गुरुङ, महासचिवमा ज्ञानु (डिजन) गुरुङ, सचिवमा दुर्गा गुरुङ, सह–सचिवमा मुना गुरुङ, कोषाध्यक्षमा मन प्रशाद गुरुङ, सह–कोषाध्यक्षमा चन्द्र प्रकाश गुरुङलाई चयन गरिएको छ।

314391572_524596819515359_8138517006227381424_n.jpg

त्यस्तै शाखा समिति अन्तर्गत तमु सांस्कृतिक विभागको संयोजकमा प्रकाश गुरुङ, तमु प्येताँ ल्हुता समिति संयोजकमा धिराज गुरुङ, खेलकुद समिती संयोजकमा दिनेश गुरुङ, महिला विभाग सयोजकमा शिला गुरुङ, पुर्वाञ्चल सम्पर्क समिती संयोजकमा किशोर गुरुङ, पश्चिमाञ्चल सम्पर्क समिती संयोजकमा रबिन गुरुङलाई चयन गरेको छ।

साथै समाजको केन्द्रिय सदस्यहरुमा बल बहादुर गुरुङ, टीका मया गुरुङ, रन्जना गुरुङ, बिमल गुरुङ र गोबिन्द गुरुङलाई चयन गरेको छ। 

314920609_667102721494605_587923540485858981_n.jpg

समाजको १० औं कार्यकालको लागि भएको १८ औं साधारणसभा समाजका कार्यवाहक अध्यक्ष टौमाया गुरुङको अध्यक्षतामा र नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनार प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सभामा गैर आवासीय नेपाली संघ समन्वय परिषद कतारका अध्यक्ष महम्मद मुक्तदा मुसलमान बिशिस्ट अतिथि रहेका थिए भने समाजका द्वितीय उपाध्यक्ष तेज गुरुङले स्वागत मन्तव्य र समाजका महासचिव पदम गुरुङले कार्यक्रमको सहिजकरण गरेका थिए।  गर्नु भएको थियो। 

313997591_448159820781156_4092286827217280959_n.jpg

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य गर्नुका साथै सम्मान पत्र, कदर पत्र वितरण लगाएत तमु भेषभुषामा सुसज्जित तमु भाषाका गीतमा कलाकारहरुबाट मनोरञ्जनात्मक नृत्य पनि प्रस्तुत गरिएको थियो। संस्थागत गतिविधि र आर्थिक सहयोग विवरण सहितको प्रगति प्रतिबेदन प्रस्तुतिका साथै खानपिन समेत गरिएको थियो।

‘तमुहरुको एकता आजको आबस्यक्ता’ भन्ने मुल नाराका साथ तमु (गुरुङ) समाज कतारको २००४ सालमा स्थापना भएको थियो। संस्थाको संंस्थापक अध्यक्ष राम बहादुर गुरुङ (खोटाङ) हाल संरक्षक छन् भने संस्थापक निर्देशक सल्लाहकारमा बिल बहादुर गुरुङ हाल प्रमुख संरक्षक छन् । पुर्व अध्यक्षद्वय बुधबल गुरुङ र कृष्ण गुरुङ संरक्षक छन् भने कास्कीका खुशीमान गुरुङ समाजका निवर्तमान अध्यक्ष हुन्।

images
प्रकाशित मिति :कार्तिक २१, २०७९ सोमवार - २१:३८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology