Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

राजनिति

‘शिक्षित युवाबाट नै  देशले समृद्धि हासिल गर्छ’ : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ

‘शिक्षित युवाबाट नै  देशले समृद्धि हासिल गर्छ’ : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
‘शिक्षित युवाबाट नै  देशले समृद्धि हासिल गर्छ’ : गठबन्धन उम्मेद्वार उमेश श्रेष्ठ
images

चुम्लिङटार । चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षित युवाहरुले देशको समृद्धिको हासिल  गर्नसक्ने  बताएका छन । चुनावी अभियानका क्रममा आज ईच्छाकामना गाउंँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  वेरोजगारी अन्त्य गर्न सकिने बताए । आफू पनि यही शिक्षा क्षेत्रबाटनै स्थापित र  सफल भएकोले युवाहरु शिक्षित र उद्यमशिल  हुनुपर्नेमा उनले जोड दिए । 

ichha3.jpg

‘तपाईहरु शिक्षित हुनुस्, उद्यमशील बन्नुस्, मेहनत गर्नुस, देशको समृद्धि तपाईंहरुको हातमा छ, त्यसैले एकमिनेट पनि खेर नफाल्नुस ।’ श्रेष्ठले भने । युवाहरुले  देशमा उज्यालो ल्याउन सक्ने भन्दै युवा नै देशको मेरुदण्ड रहेको बताए । देश बनाउने जिम्मेवारी र दायित्व युवाको भएपनि दैनिक दुईहजारको हाराहारीमा युवाहरु विदेशिनु पर्ने  दुःखद बिषय भएको उनले बताए ।

‘देशको जनसंख्याको अधिकांश उत्पादनशील, उद्यमशील युवाहरु हुनुहुन्छ, तपाईहरुले आफूले जिवन खेर फाल्नु हुंँदैन, स्वदेशमै केही गर्नुपर्छ । ’ श्रेष्ठले भने । युवाहरुले स्वरोजगार र आत्मनिर्भर बन्ने काम गर्नुपने भन्दै उनले युवाको रोजगारीको लागि लोकतान्त्रिक बामगठबन्धनलाई मत दिएर जिताउन आग्रह गरे ।

ichha2.jpg

‘युवाहरुले कार्यक्रम ल्याउनुस, योजना ल्याउनुस हामी  युवाको साथमा छौं ।’ श्रेष्ठले भने । देश र युवाहरुको  भविष्य उज्यालो पार्न पनि लोकतान्त्रिक वाम गठबन्धनको जित आवश्यक रहेको उनको भनाई थियो । 

 

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - १७:३५:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology