Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी 

कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी 

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
कात्तिक २४ भित्रमा मतपत्र ढुवानी गरिसक्ने आयोगको तयारी 

काठमाण्डौ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम सकिएसँगै निर्वाचन आयोगले यही कात्तिक २४ गतेभित्रमा ढुवानी गरिसक्ने तयारी गरेको छ । आयोगका अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीका लागि चार करोड तथा समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी ८ करोड मतपत्र छपाइको काम सकिएको छ ।

images

प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रमा पठाउन ढुवानीलाई तीब्रता दिइएको  आयोगका सहायक प्रवक्ता ऋषीराम भुषालले सीआईएनसँग बताउनुभयो । समानुपातिको मतपत्र यसअघि नै ढुवानी भइसकेको उहाँको भनाइ छ । एक सय वटा अपाङ्गमैत्री मतदान केन्द्र बनाउने निर्णय अनुसार ती मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण समेत प्रदान गरिने आयोगले जनाएको छ । 

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - ०९:०२:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology