काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याएरै छाड्ने दाबी गर्नुभएको छ ।
आज सदरमुकाम खलंगामा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियताको सवालमा नेपाल एक इञ्च जमिन कसैलाई छाड्ने पक्षमा नरहेको उल्लेख गर्नुभयो ।
मिचिएको भू–भाग फिर्ता ल्याएरै छाड्ने दाबी उहाँले गर्नुभयो । राष्ट्रियताको प्रश्नमा नेपालले एक इञ्च जमिन पनि कसैलाई छोड्नेवाला छैन, एक इञ्च जमिन पनि मिच्न दिनेवाला छैन । मिचिएको भए फिर्ता ल्याउँछ उहाँले भन्नुभयो ।
कित्र्ते खोल्सीलाई महाकाली उल्लेख गरेर भारतले ६० वर्षदेखि कालापानी, लिपुलेक र लिम्पियाधुरा मिचेको बताउँदै उहाँले मिचिएको भु–भाग फिर्ता ल्याएर छाड्ने बताउनुभयो ।
भारतीय पक्षले सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर १२ वर्षीय बालकको मृत्यु भएको घटनामा गठबन्धन सरकारले छिटो एक्सन नलिएको उहाँको तर्क थियो ।