Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन २ को गठबन्धन उमेदवार उमेश श्रेष्ठ र उत्तम जोशीलाई भरतपुर धर्मचोकका स्थानीयले गरे बहिस्कार,

चितवन २ को गठबन्धन उमेदवार उमेश श्रेष्ठ र उत्तम जोशीलाई भरतपुर धर्मचोकका स्थानीयले गरे बहिस्कार,

images

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
चितवन २ को गठबन्धन उमेदवार उमेश श्रेष्ठ र उत्तम जोशीलाई भरतपुर धर्मचोकका स्थानीयले गरे बहिस्कार,
images

चितवन । भरतपुर महानगरपालिका–४ स्थित बैकुण्ठ चोक–धर्म चोक सडक खण्डमा लामो समयसम्म धुलोको सास्ती खेप्नु परेपछि स्थानीयहरु दलहरु प्रति रुष्ट बनेका छन् । सडक विस्तारको काम अलपत्र पर्दा पनि दलहरु मौन रहेको भन्दै स्थानीयले चुनाव प्रचारमा पुग्ने दलहरुलाई बहिस्कार गर्न थालेका छन् ।

दलहरुको मौनताका कारण स्थानीयले लामो समयसम्म धुलोको सास्ती व्यहोर्नु परेको भन्दै स्थानीय व्यवसायीले बिहीबार विरोध गरेका छन् । चुनाव प्रचारमा पुगेको सत्ता गठबन्धनका उमेदवारको विरोध स्वरुप स्थानीय व्यवसायीहरुले सटर बन्द गरेका छन् ।

चुनाव प्रचारका लागि चितवन २ का प्रतिनिधि सभा सदस्य उमेदवार उमेश श्रेष्ठ र चितवन २ (ख)का प्रदेश सभा सदस्य उमेदवार उत्तम जोशी कार्यकर्तासहित धर्मचोक पुगेका थिए । स्थानीयले सांकेतिक रुपमा विरोध गरेपछि केहि समय बोलेर अर्को ठाउँ गएका थिए ।

313931843_1082724359102765_3779136281521258054_n.webp

चुनावी प्रचारका लागि जुनसुकै पार्टीका उमेदवार धर्मचोक पुगे पनि सांकेतिक रुपमा विरोध स्वरुप सटर बन्द गरिने स्थानीय व्यवसायी भोज नारायण कँडेलले बताए । बैकुण्ठ चोकदेखि धर्मचोक सम्मको बाटो ठेकेदारले लामो समयसम्म अलपत्र पारेर छाड्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोले स्थानीय आजित भएको उनले बताए ।

ठेकेदार कम्पनीले विभिन्न बाहना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण हुन सकेको छैन । सडक निर्माणका लागि चार वर्षमा तीनपटक म्याद थप गरिएको छ । यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १०:२४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology