Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

चुनावको तयारीमा जुट्न दलहरूलाई सरकारका प्रवक्ता गुरुङको आग्रह 

चुनावको तयारीमा जुट्न दलहरूलाई सरकारका प्रवक्ता गुरुङको आग्रह 

images

इच्छाकामना न्युज

१८, पौष २०७७
चुनावको तयारीमा जुट्न दलहरूलाई सरकारका प्रवक्ता गुरुङको आग्रह 
images

काठमाण्डौं, १८ पौष 
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वर्तमान सरकारलाई संवैधानिक तथा कानुनी रूपमा कुनै जटिलता नभएको बताउनुभएको छ । 
अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै कोही पनि त्यस्ता भनाइको पछि लाग्न नहुने उहाँको भनाइ छ । मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले नेपाल सरकारले गरेको निर्णयहरुमा कुनै पश्न उठ्न नसक्ने भन्दै कुनै भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । 
सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्र प्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उहाँले बताउनुभयो । संसद पूर्नस्थापना भन्दा अहिले ताजा जनादेशमा जानु पर्ने अहिलेको आवश्यकता भएकोले विरोधभन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई प्रवक्ता गुरुङले आग्रह गर्नुभयो । सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पुरा गरेको र यसै गरि निर्वाचन आयोगले पनि तयारी गरिरहेको उहाँले जानकारी   दिनुभयो । 
सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहलगायतका अरु राजनीतिक दलले भने सरकारको आलोचना गर्दै आएका छन् । 

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - ०८:५९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology